काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। मध्याह्न १२:३० बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। अंक तालिकाको शीर्षस्थानमा पुग्ने लक्ष्यसहित काठमान्डु र सुदूरपश्चिम मैदानमा उत्रँदै छन्। हाल ९ अंकसहित लुम्बिनी पहिलो स्थानमा छ भने समान ८ अंक जोडेका काठमान्डु र सुदूरपश्चिम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सुदूरपश्चिमका लागि यो समूह चरणको अन्तिम खेल हो भने काठमान्डुले अर्को एक खेल खेल्न बाँकी छ। प्रतियोगिताको सुरुवाती चरणमा खराब प्रदर्शन गरे पनि दुवै टोलीले पछिल्लो समय उत्कृष्ट पुनरागमन गरेका छन्। त्यस्तै, अर्को खेलमा चितवन राइनोजलाई जितको दबाब छ। ५ अंकसहित पाँचौँ स्थानमा रहेको चितवनलाई प्लेअफमा स्थान बनाउन आजको खेल जित्नैपर्ने अवस्था छ। यता, जनकपुर बोल्ट्सको भने प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ।
एनपीएलमा आज दुई खेल हुँदै

Read Complete Original Article
Published originally on नेपालन्युज






