काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी सुरक्षा गार्डहरू तैनाथ छन् । मलाई सरकारले घरमै बस्न सल्लाह दिएको छ ।’ वाङ्चुकले गत वर्ष लेहमा भएको मृत्युको बारेमा न्यायिक अनुसन्धान आयोगको प्रतिवेदनमा भएको ढिलाइ र कडा जाडोको बीचमा हतारमा परिषद्को चुनाव सम्पन्न गरेकोमा प्रश्न उठाएको बताए । उनले लद्दाखभरि विरोध प्रदर्शन भइरहेको दाबी गरे। वाङ्चुकले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्नो एक्स, इन्स्टाग्राम र युट्युब खाताहरूमा पहुँच गम्भीर रूपमा प्रतिबन्धित गरिएको आरोप पनि लगाए ।
सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





