Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको तेस्रो संस्करणमा कसले कुन पुरस्कार पाए ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तेस्रो संस्करणमा कसले कुन पुरस्कार पाए ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले पहिलोपटक उपाधि जितेको थियो । उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पुरस्कार पाएका छन् । व्यक्तिगत विधातर्फ सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चितवन राइनोजका रिजन ढकाल प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै विद्युतीय गाडी पुरस्कार पाउन सफल भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका ढकालले गोल्डेन क्यापसँगै दुई लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । उनी उत्कृष्ट बलरसमेत घोषित भएका छन् । उत्कृष्ट बलर बनेबापत उनले मोटरसाइकल पुरस्कार पाएका छन् । यसैगरी, विराटनगर किङ्सका लोकेश बम नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने खेलाडी घोषित भएका छन् । उनले प्रतियोगितामा २४२ रन बनाएका थिए । यस उपलब्धिका लागि उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, जनकपुर बोल्ट्सका राहुल यादव प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका छन् । उनले पनि मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । चितवन राइनोजका कमिल मिसार प्रतियोगिताको उत्कृष्ट ऊर्जाशील खेलाडी घोषित भएका छन् । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् । पोखरा एभेन्जर्सका युवराज साम्राले प्रतियोगितामा सर्वाधिक २९४ रन बनाउँदै प्लेटिनम क्याप जितेका छन् । उनले यस विधामा दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, लुम्बिनी लायन्सले यस सिजनको एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एनपीएलसँग सहकार्य गर्दै प्रतियोगितामा उत्कृष्ट खेलभावना, निष्पक्ष खेल प्रदर्शन तथा विपक्षी टोली, खेल पदाधिकारी र दर्शकप्रति सम्मान देखाउने टिमलाई गत सिजनदेखि यो अवार्ड दिन शुरु गरिएको हो । गत सिजनमा यो अवार्ड काठमाडौँ गोर्खाजले पाएको थियो । The post एनपीएलको तेस्रो संस्करणमा कसले कुन पुरस्कार पाए ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ
Latest NewsJust now

अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव विष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव ...

कर्पोरट खबर
ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार
Latest NewsJust now

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

फिनल्यान्ड । बाल्टिक सागरमा रुसी सैन्य सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टा ड्रोन आक्रमणमा क्षतिग्रस्त भएपछि आगलागी भएको छ। जहाजमा रहेका १६ जना चालक दलका सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको... ...

रातोपाटी
हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश
Latest NewsJust now

हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश

यामराज बिष्टदैलेख, मङ्सिर ६ गते । दैलेख जिल्लाका पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि पहिचान बोकेको ब्यानर ६ हजार ३८ मिटर अग्लो हिमालको चुचुरोमा पुर्‍याइएको छ । पर्यटनको विकास र... ...

गोरखापत्र
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
Latest NewsJust now

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।  वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play