Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएल खेल्न दुई डेभिड कहिले आउँछन् ?

एनपिएल खेल्न दुई डेभिड कहिले आउँछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल खेल्न दुई डेभिड कहिले आउँछन् ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सहभागी आठ टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा केही विदेशी खेलाडी भने अझै नेपाल आइपुगेका छैनन् । त्यसमध्ये सबैभन्दा बढी प्रतीक्षा गरिएका दुई खेलाडी हुन्- अस्ट्रेलियाका डेभिड वार्नर र दक्षिण अफ्रिकाका डेभिड मिलर । आक्रामक ब्याटिङका लागि चर्चित यी दुवै खेलाडी एनपिएलका फरक टोलीमा अनुबन्ध हुनुभएको छ । वार्नर काठमान्डु गोर्खाज र मिलर कर्णाली याक्समा आबद्ध हुनुहुन्छ । दुवै टोलीले आफ्नो ब्याटिङलाई बलियो बनाउन यी अनुभवी खेलाडीलाई अनुबन्ध गरेका हुन् । तर, प्रतियोगिता सुरु भइसक्दा पनि उहाँहरू नेपाल आइपुग्नुभएको छैन । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरले सोमबार कर्णाली याक्ससँग दोस्रो खेलबाट डेब्यु गर्ने जनाएको छ । पहिलो खेलमा काठमान्डुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । जनकपुर बोल्ट्सविरुद्धको खेलमा टोली ११५ रनमै समेटिएको थियो । यस्तो अवस्थामा वार्नरको आगमनले काठमान्डुको ब्याटिङमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका वार्नर आक्रामक सुरुवात दिलाउन सक्ने ब्याटर हो । त्यसैले उहाँको आगमनलाई काठमान्डुले मात्र नभई एनपिएलका दर्शकले पनि प्रतीक्षा गरिरहेका छन् । यता, लगातार दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको कर्णाली याक्स पनि आफ्ना स्टार खेलाडी मिलरको प्रतीक्षामा छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार मिलर केही दिनभित्र नेपाल आइपुग्नु हुनेछ । उहाँका लागि टिकटसमेत काटिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मिलर कर्णालीका बाँकी सबै खेलमा उपलब्ध हुनुहुने छ । सुरुवाती दुई खेलमा जित निकालेर आत्मविश्वास बढाएको कर्णालीले मिलरको आगमनपछि ब्याटिङ थप बलियो हुने विश्वास लिएको छ । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर मिलर विशेषगरी मध्यक्रममा आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ । दबाबपूर्ण अवस्थामा पनि ठूलो सट खेल्न सक्ने क्षमता भएका उहाँले कर्णालीको ब्याटिङमा नयाँ शक्ति थप्नेछन् । वार्नर र मिलर मात्र होइन, एनपिएलमा अनुबन्ध भएका अन्य केही विदेशी खेलाडी पनि अझै नेपाल आइपुगेका छैनन् । सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका वेस्ट इन्डिजका अलराउण्डर फेबियन एलेन, नामिबियाका रुबेन ट्रम्पलम्यान, जिम्बाब्वेका विल बोसिस्टो, क्यानडाका कलिम सना र श्रीलंकाका कमिल मिशारा पनि आउन बाँकी छ । त्यस्तै, चितवन राइनोजमा अनुबन्ध हुनुभएका जिम्बाब्वेका कप्तान सिकन्दर राजा र श्रीलंकाका कमिल मिशारा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुनुहुन्छ । नामिबियाका बलर रुबेन ट्रम्पलम्यान अहिले आयरल्याण्डसँगको एकदिवसीय सिरिज खेलिरहनु भएको छ । उक्त सिरिजको अन्तिम खेल आइतबार हुँदै छ । त्यसपछि उहाँ एनपिएल खेल्न नेपाल आउने सम्भावना छ । चितवनमा आबद्ध सिकन्दर राजा भने अफगानिस्तानसँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहनु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते
ताजा खबरJust now

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते

धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ।  घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ।  गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ पोखराबाट काठमाडौँ आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो।&n... ...

नेपालखबर
अनावश्यक विलम्ब हट्दै
ताजा खबरJust now

अनावश्यक विलम्ब हट्दै

काठमाडौँ, कात्तिक १५ गते । सबै सरकारी कार्यालयहरूमा यस अगाडि हुने ढिलासुस्ती, निर्णय प्रक्रियामा हुने अनावश्यक विलम्ब र नागरिकले भोग्नुपर्ने समस्या क्रमिक रूपमा न्यूनीकरण हुँदै गएक... ...

गोरखापत्र
गजल
ताजा खबरJust now

गजल

गर्न त यी नेताका दलका के कुरा गर्छौ ?राजनीतिमा हुने हल्चलका के कुरा गर्छौ ? उभो लाग्ने समय जति खुट्टा तान्दै ठिक्क छशुभकामना र सफलका के कुरा गर्छौ ? प्रेममा प्रिया नरम श्रीमती कडा देखिन्छिन्आखिर ! एउटै धरातलका के कुरा गर्छौ ? ज्युँदो छउजेल भोक नदेख्ने समाजलेमरेपछि माना चामलका के कुरा गर्छौं ? तिमी बिना त स्वर्ग पनि चाहिन्न मलाईसंगमरमरको महलका के कुरा गर्छौं ...

हिमालय टाइम्स
पौडेल : मार्क्सवादी अर्थशास्त्र र कठोर यथार्थता-२
ताजा खबरJust now

पौडेल : मार्क्सवादी अर्थशास्त्र र कठोर यथार्थता-२

गत १३ गते शुक्रबारको अंकबाट क्रमशःकम्युनिष्ट असफलताको प्रश्न : मार्क्सवाद असफल भयो कि मार्क्सवादीहरू ?मार्क्सवाद र कम्युनिष्ट आन्दोलनको आलोचना गर्दा कम्तीमा तीनवटा अलग तह छुट्याउनुपर्छ । पहिलो, मार्क्सवाद एउटा सामाजिक, आर्थिक र दार्शनिक सिद्धान्त हो । यसको विश्लेषण उत्पादन सम्बन्ध, वर्गीय शक्ति, पुँजीसञ्चय, असमानता र सामाजिक परिवर्तनका प्रश्नसँग सम्बन्धित छ । व्याख्या, सीमितता र समकालीन उपयोगिता बारे बहस गर्न सकिन्छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play