Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

10/23/2026, 5:03:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी काम छिटो गर्न खोजिए पनि पहिरो नरोकिएकाले सडक खुलाउन समय लागेको बताए । ‘दसैँको समयमा आवत–जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ, उनले भने, दसैँको चहलपहल सकिएपछि पहिलोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दाे एवं जोखिमरहित सडक निर्माण गर्ने योजना छ ।’ कूल २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकखण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । लगातारको पहिरोका कारण सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जाने र कार्यक्षेत्रमा फर्कनेलाई समस्या परेको अवस्थामा तत्कालका लागि सडक सञ्चालनमा ल्याइएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने
राजनीतिJust now

दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने

दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले बिहीबार उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।  ३७ वर्षीय मिलर आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले दक्षिण अफ्रिकाबाट १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइपिएलसहित विभिन्न फ्रेन्चाइज लिगको अनुभव बटुलेका उनी सन् २०२४ को टी–२० ...

फरकधार
हप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालनमा
राजनीतिJust now

हप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालनमा

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।  बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो ।   पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो ...

फरकधार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
राजनीतिJust now

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ, कात्तिक ६ गते । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ।ए... ...

गोरखापत्र
हानि-नोक्सानी कोषको अनुदान लिन प्रस्ताव पेस गर्ने तयारीमा नेपाल
राजनीतिJust now

हानि-नोक्सानी कोषको अनुदान लिन प्रस्ताव पेस गर्ने तयारीमा नेपाल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई दुई करोड अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेसँगै सरकारले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने भएको छ । कोषको बिहीबार सम्पन्न पहिलो असाधारण ‘भर्चुअल’ बैठकले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउने निर्णय ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play