कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकासले विश्वभर नयाँ सम्भावना र अवसर सिर्जना गरिरहेको भए पनि अस्ट्रेलियाली नागरिकमा यसप्रति चिन्ता बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । अधिकांश अस्ट्रेलियाली नागरिकले एआईबाट हुने सम्भावित जोखिम समाजले प्राप्त गर्ने फाइदाभन्दा बढी रहेको विश्वास गरेका छन् । अस्ट्रेलियाको अग्रणी स्वतन्त्र अनुसन्धान संस्था लोवी इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार ६५ प्रतिशत उत्तरदाताले एआईका सम्भावित जोखिम समाजका लागि यसबाट प्राप्त हुने सम्भावित लाभभन्दा बढी रहेको बताएका छन् । सन् २०२६ को मार्चमा यस्तो धारणा राख्ने...
एआईप्रति अस्ट्रेलियाली नागरिकमा बढ्दो डर, ६५ प्रतिशतले देखे फाइदाभन्दा जोखिम

Read Complete Original Article
Published originally on फरकधार






