Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एआईको माग बढ्दा टीएसएमसीले लगातार छैटौँ त्रैमासिकमा कमायो कीर्तिमानी मुनाफा

एआईको माग बढ्दा टीएसएमसीले लगातार छैटौँ त्रैमासिकमा कमायो कीर्तिमानी मुनाफा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईको माग बढ्दा टीएसएमसीले लगातार छैटौँ त्रैमासिकमा कमायो कीर्तिमानी मुनाफा

विश्वकै ठूलो उन्नत एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले प्रविधि क्षेत्रमा पूर्वाधारमा लगानी बढेसँगै लगातार छैटौँ त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको छ। टीएसएमसीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कम्पनीको खुद नाफा ६९ प्रतिशतले बढेर ७ खर्ब ६३ अर्ब १० करोड ताइवानी डलर पुगेको छ। यो रकम करिब २३ अर्ब ५९ करोड अमेरिकी डलर बराबर हो। १६ जना विश्लेषकको अनुमानमा आधारित एलएसईजी स्मार्टएस्टिमेटले कम्पनीको नाफा ७ खर्ब ४६ अर्ब ३० करोड ताइवानी डलर हुने अनुमान गरेको थियो। यो कम्पनीको हालसम्मकै उच्च त्रैमासिक खुद नाफा हो। यससँगै कम्पनीको नाफा वृद्धि लगातार ११औँ त्रैमासिकमा पनि कायम भएको छ। एआई चिप उत्पादन गर्ने क्षमता र कोडब्लूओएस नामक उन्नत चिप प्याकेजिङ प्रविधिप्रति बजारको माग बलियो रहेको विश्लेषकहरूले बताएका छन्। कम्पनीले गत साता सार्वजनिक गरेको विवरणअनुसार तेस्रो त्रैमासिकमा उसको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढेको थियो। आम्दानी बजारको अनुमानभन्दा बढी रहँदै नयाँ कीर्तिमानमा पुगेको थियो। टीएसएमसीले अमेरिकाको एरिजोना राज्यमा चिप कारखाना निर्माण गर्न २ खर्ब ६५ अर्ब अमेरिकी डलर लगानी गरिरहेको छ। यसमा गत जुलाईमा घोषणा गरिएको थप १ खर्ब अमेरिकी डलरको लगानी पनि समावेश छ। रोयटर्सका अनुसार कम्पनीले टेक्सासमा सम्भावित लगानीबारे पनि अध्ययन गरिरहेको छ। रोयटर्सका अनुसार टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत साता आफ्ना कम्पनीहरूले टेराफ्याब नामक एआई चिप उत्पादन केन्द्र निर्माण गरी सञ्चालन गर्ने बताएका थिए। उक्त केन्द्रको केही भाग टीएसएमसीले भाडामा लिन सक्ने सम्भावना पनि छ। टीएसएमसीले यस वर्षका लागि पुँजीगत खर्चको अनुमान बढाएर ६० अर्बदेखि ६४ अर्ब अमेरिकी डलर पुर्‍याएको छ। यसअघि कम्पनीले ५२ अर्बदेखि ५६ अर्ब डलरसम्म खर्च गर्ने अनुमान गरेको थियो। एआई चिप र उन्नत सेमिकन्डक्टर उत्पादनमा प्रयोग हुने उपकरण बनाउने विश्वकै ठूलो कम्पनी एएसएमएलले बुधबार आफ्ना ग्राहकले सन् २०२९ र २०३० का लागि समेत उपकरणको अर्डर दिन खोजिरहेको बताएको थियो। यसले एआई क्षेत्रमा भइरहेको लगानीको गति सुस्त हुँदै गएको भन्ने चिन्ता कम गरेको छ। ताइपेईमा सूचीकृत टीएसएमसीको सेयर मूल्य यस वर्ष हालसम्म ५७ प्रतिशत बढेको छ। यही अवधिमा ताइवानको समग्र सेयर बजार सूचकांक ६२ प्रतिशत बढेको छ। तर, नाफाको विवरण सार्वजनिक हुनुअघि बिहीबार कम्पनीको सेयर मूल्य २ प्रतिशत घटेको थियो। सो दिन समग्र सूचकांक पनि ३.४ प्रतिशत घटेको थियो। एआई चिपको बलियो मागबाट लाभ लिइरहेको टीएसएमसीको बजार पुँजीकरण करिब २ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यसले कम्पनीलाई एसियाको सबैभन्दा मूल्यवान कम्पनीमध्ये अग्रस्थानमा राखेको छ। The post एआईको माग बढ्दा टीएसएमसीले लगातार छैटौँ त्रैमासिकमा कमायो कीर्तिमानी मुनाफा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

तेस्रो त्रैमासिकमा स्मार्टफोनको ढुवानीमा २० प्रतिशतले गिरावट आएको ओम्डियाको रिपोर्ट
प्रविधिJust now

तेस्रो त्रैमासिकमा स्मार्टफोनको ढुवानीमा २० प्रतिशतले गिरावट आएको ओम्डियाको रिपोर्ट

ओम्डियाको अनुसन्धान अनुसार, तेस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कमी आएको छ। यो प्रारम्भिक तथ्याङ्क यसअघि सार्वजनिक भएको आईडीसीको बजार अनुसन्धानसँग धेरै हदसम्म मेल खान्छ। साथै, दोस्रो त्रैमासिकमा देखिएको ६ प्रतिशतको गिरावटको तुलनामा यो निकै तीव्र कमी हो। भारत, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकालगायतका विभिन्न क्षेत्रमा हालैका साताहरूमा देखिएको गिरावटले पनि यस तथ्यलाई पुष्टि गर्छ। यस ऐतिहासिक ...

टेक्नोलोजी खबर
सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने
प्रविधिJust now

सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने

सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने भएको छ। सामसङ हेल्थले केही वर्षदेखि स्लीप कोचिङ सुविधा दिँदै आएको छ। तर यो सुविधा प्रयोग गर्न एक महिनाभित्र लगातार सात दिनको निद्रासम्बन्धी तथ्याङ्क आवश्यक पर्थ्यो। नयाँ अपडेटसँगै प्रयोगकर्ताले छिटो स्लीप कोचिङ सुरु गर्न सक्नेछन् र आफ्नो निद्राअनुसार व्यक्तिगत सुझाव पाउनेछन्। यो अपडेटमा धावकका लागि केही नयाँ सुविधा पनि थपिएका ...

टेक्नोलोजी खबर
पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा
प्रविधिJust now

पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा

१ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ । तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दशैँ–तिहारको समय व्यस्त पर्यटकीय सिजन पनि हो । मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले […] The post पर्यटकीय सिजन ...

आइसिटी फ्रेम
एआईबाट चिप डिजाइन गरेर कम्प्युटिङ क्षमता बढाउने रिकर्सिभ इन्टेलिजेन्सको योजना
प्रविधि41 minutes ago

एआईबाट चिप डिजाइन गरेर कम्प्युटिङ क्षमता बढाउने रिकर्सिभ इन्टेलिजेन्सको योजना

एआई चिप डिजाइन स्टार्टअप रिकर्सिभ इन्टेलिजेन्सले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट अझ प्रभावकारी चिप विकास गरी विश्वव्यापी कम्प्युटिङ क्षमताको बढ्दो माग सम्बोधन गर्ने लक्ष्य राखेको छ। कम्पनीका संस्थापक अन्ना गोल्डी र अजालिया मिरहोसेनीले बुधबार टेकक्रन्च डिसरप्ट कार्यक्रममा एआईबाट चिप डिजाइन गर्ने प्रविधिबारे जानकारी दिएका छन्। उनीहरूका अनुसार कम्पनीले चिप डिजाइन गर्न, प्रत्येक चरणबाट सिक्न र त्यसका आधारमा अर्को डिजाइन सुधार गर्न सक्ने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play