सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने

सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने भएको छ। सामसङ हेल्थले केही वर्षदेखि स्लीप कोचिङ सुविधा दिँदै आएको छ। तर यो सुविधा प्रयोग गर्न एक महिनाभित्र लगातार सात दिनको निद्रासम्बन्धी तथ्याङ्क आवश्यक पर्थ्यो। नयाँ अपडेटसँगै प्रयोगकर्ताले छिटो स्लीप कोचिङ सुरु गर्न सक्नेछन् र आफ्नो निद्राअनुसार व्यक्तिगत सुझाव पाउनेछन्। यो अपडेटमा धावकका लागि केही नयाँ सुविधा पनि थपिएका छन्। नयाँ संस्करणमा ग्यालेक्सी वाच ४ सिरिज वा त्यसपछिका मोडल, ग्यालेक्सी फिट ३ वा ग्यालेक्सी रिङ प्रयोग गर्नेले पछिल्लो दुई हप्ताभित्रको तीन दिनको निद्रासम्बन्धी तथ्याङ्कका आधारमा स्लीप कोचिङ सुरु गर्न सक्नेछन्। इन्ग्याजेटका अनुसार यो सुविधा सेटअप गर्दा प्रयोगकर्ताले निद्राको नियमितता, निद्रामा हुने अवरोध, मदिरा र क्याफिनको सेवनसम्बन्धी प्रश्नावली भर्नुपर्नेछ। साथै, आफ्नो निद्राप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भनेर पनि मूल्याङ्कन गर्नुपर्नेछ। प्रश्नावलीका उत्तर र तीन दिनको तथ्याङ्कका आधारमा सामसङ हेल्थले प्रयोगकर्तालाई व्यक्तिगत ‘स्लीप एनिमल’ सङ्केत दिनेछ र उनीहरूको लक्ष्यअनुसार चारदेखि आठ हप्तासम्मको कोचिङ कार्यक्रम तयार गर्नेछ। कार्यक्रम अघि बढ्दै जाँदा एपले निद्राको बदलिँदो ढाँचाअनुसार हरेक हप्ताका सुझाव परिमार्जन गर्नेछ। यसले दैनिक रूपमा निद्राप्रतिको सन्तुष्टि पनि रेकर्ड गर्नेछ। साथै, दैनिक बानीसम्बन्धी जाँचसूची र निद्राका लागि उपयोगी सुझाव दिनेछ। उदाहरणका लागि, सुत्नुअघि स्क्रिन र क्याफिनबाट टाढा रहने वा बिहान उठेपछि बाहिर स्ट्रेचिङ गर्ने सुझाव दिन सक्छ। यी सुझाव निद्रासम्बन्धी व्यवहार विज्ञानमा आधारित हुनेछन्। प्रयोगकर्ताले अझ सहज र विस्तृत विश्लेषण प्रतिवेदन पनि पाउनेछन्। यसमा पाँचवटा पक्ष समेटिएको ‘स्लीप ब्यालेन्स’ ग्राफ हुनेछ। यसले निद्राको अवधि, निद्राको नियमितता, राति बिउँझिने अवस्था, निद्राप्रतिको सन्तुष्टि र ‘इनर्जी स्कोर’ देखाउनेछ। यसबाट सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सकिनेछ। एपले अघिल्लो रातको निद्राको समीक्षा र उपयोगी सुझावसहित बिहान दैनिक जानकारीमूलक सन्देश पनि दिनेछ। सामसङले आफ्नो रनिङ कोच एपलाई पनि अझ गतिशील र एकीकृत प्रशिक्षण अनुभव प्रदान गर्ने गरी सुधार गरिरहेको छ। यसमा प्रशिक्षणका स्तर १० बाट बढाएर १२ पुर्याइएको छ। यसले मध्यम र उन्नत स्तरका धावकलाई थप सहयोग गर्नेछ। उनीहरूले आफ्नो लक्ष्य अझ माथि राखेर आफूलाई चुनौती दिन सक्नेछन्। एपमा व्यक्तिगत उपलब्धि, उत्कृष्ट व्यक्तिगत प्रदर्शन र दौडिएका मार्गका मुख्य दृश्य सामाजिक सञ्जालमा साझा गर्न सकिने सुविधासमेत सुधार गरिएको छ। साथै, फिटनेस प्लेटफर्म स्ट्राभासँग नयाँ साझेदारी गरिएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले दौड, ट्रेल रनिङ र साइकल चलाउनका लागि स्ट्राभामा मन पराएका मार्गहरू सिधै सामसङ हेल्थमा आयात गर्न सक्नेछन्। यी नयाँ सुविधा यसै महिनादेखि चरणबद्ध रूपमा उपलब्ध गराउन सुरु गरिनेछ। The post सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

जिली होल्डिङले सन् २०२७ को उत्तरार्धदेखि विदेशमा बिक्री हुने मोडलहरूमा गुगल सर्भिसेज उपलब्ध गराउने
जिली होल्डिङ ग्रुपले गुगलसँग विश्वव्यापी रणनीतिक साझेदारी गरेको छ। यस सम्झौता अन्तर्गतको पहिलो मोडल सन् २०२७ को उत्तरार्धमा सार्वजनिक गर्ने योजना छ। शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा उक्त समूहले जनाए अनुसार, डिजिटल ककपिटको क्षमता विस्तार गर्नका लागि आफ्ना विभिन्न मोडलहरूमा ‘गुगल अटोमोटिभ सर्भिसेस’ समावेश गरिनेछ। पहिलो मोडल चीन र अमेरिका बाहिरका बजारहरूका लागि लक्षित रहेको छ। यद्यपि, यसको बजार प्रवेश भने उत्पादन ...

तेस्रो त्रैमासिकमा स्मार्टफोनको ढुवानीमा २० प्रतिशतले गिरावट आएको ओम्डियाको रिपोर्ट
ओम्डियाको अनुसन्धान अनुसार, तेस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कमी आएको छ। यो प्रारम्भिक तथ्याङ्क यसअघि सार्वजनिक भएको आईडीसीको बजार अनुसन्धानसँग धेरै हदसम्म मेल खान्छ। साथै, दोस्रो त्रैमासिकमा देखिएको ६ प्रतिशतको गिरावटको तुलनामा यो निकै तीव्र कमी हो। भारत, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकालगायतका विभिन्न क्षेत्रमा हालैका साताहरूमा देखिएको गिरावटले पनि यस तथ्यलाई पुष्टि गर्छ। यस ऐतिहासिक ...

पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा
१ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ । तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दशैँ–तिहारको समय व्यस्त पर्यटकीय सिजन पनि हो । मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले […] The post पर्यटकीय सिजन ...


