एआईबाट चिप डिजाइन गरेर कम्प्युटिङ क्षमता बढाउने रिकर्सिभ इन्टेलिजेन्सको योजना

एआई चिप डिजाइन स्टार्टअप रिकर्सिभ इन्टेलिजेन्सले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट अझ प्रभावकारी चिप विकास गरी विश्वव्यापी कम्प्युटिङ क्षमताको बढ्दो माग सम्बोधन गर्ने लक्ष्य राखेको छ। कम्पनीका संस्थापक अन्ना गोल्डी र अजालिया मिरहोसेनीले बुधबार टेकक्रन्च डिसरप्ट कार्यक्रममा एआईबाट चिप डिजाइन गर्ने प्रविधिबारे जानकारी दिएका छन्। उनीहरूका अनुसार कम्पनीले चिप डिजाइन गर्न, प्रत्येक चरणबाट सिक्न र त्यसका आधारमा अर्को डिजाइन सुधार गर्न सक्ने एआई विकास गरिरहेको छ। यसबाट चिप डिजाइन प्रक्रिया स्वचालित र छिटो बनाउने लक्ष्य छ। गोल्डीका अनुसार आगामी पाँच वर्षमा कम्प्युटिङ क्षमताको माग कम्तीमा १० हजार गुणाले बढ्न सक्ने अनुमान छ। उनका अनुसार यो अनुमान पनि वास्तविक मागभन्दा कम हुन सक्छ। “हामी १० हजार गुणा बढी डाटा सेन्टर बनाउन चाहँदैनौँ। त्यसको सट्टा बढी प्रभावकारी चिप बनाएर, डाटा सेन्टरमा उपलब्ध ब्यान्डविथ र चिप उत्पादनमा प्रयोग हुने वेफर तथा कारखानाको क्षमता अझ प्रभावकारी रूपमा उपयोग गर्न सहयोग गर्न चाहन्छौँ,” उनले भनिन्। उनका अनुसार डाटा सेन्टर अन्तरिक्षमै बनाए पनि कम्प्युटिङ क्षमताको माग पूरा गर्न अनन्त रूपमा पूर्वाधार विस्तार गर्नु व्यावहारिक समाधान नहुन सक्छ। त्यसैले उपलब्ध स्रोतबाट बढी काम लिन सक्ने चिप विकास आवश्यक छ। एआईले आफ्नै लागि चिप डिजाइन गर्ने विचारले केहीलाई चिन्तित बनाउन सक्ने भए पनि गोल्डीका अनुसार यसले मानिसलाई नयाँ विचार, सिर्जनशीलता र कम्प्युटिङका नयाँ सम्भावना खोज्न बढी समय उपलब्ध गराउनेछ। चिप डिजाइन, सफ्टवेयर विकासलगायत क्षेत्रमा मानिसले विचार प्रस्तुत गर्ने र त्यसको कार्यान्वयन एआईले गर्ने प्रवृत्ति बढिरहेको उनको भनाइ छ। संस्थापकहरूका अनुसार एआईले परम्परागत चिप डिजाइन विधिभन्दा फरक संरचना पत्ता लगाउन सक्छ, जसले चिपको कार्यक्षमता बढाउन सक्छ। उनीहरूले यसअघि विकास गरेको ‘अल्फाचिप’ नामक एआई प्रणालीले चिपका कम्पोनेन्टलाई गोलाकार वा डोनटजस्तो आकारमा मिलाएको उदाहरण दिएका छन्। सुरुमा इन्जिनियरहरूलाई असामान्य लागेको उक्त संरचना पछि सफल साबित भएको उनीहरूको भनाइ छ। परम्परागत विधिमा चिपलाई दर्जनौँ साना भागमा विभाजन गरेर डिजाइन गरिन्छ। रिकर्सिभ इन्टेलिजेन्सले भने सम्पूर्ण चिपलाई एकैपटक अनुकूल बनाउने प्रयास गरिरहेको छ। यसबाट लहरजस्ता जटिल संरचना तयार गर्न सकिने संस्थापकहरूको दाबी छ। यसबारे थप विवरण भविष्यमा सार्वजनिक गर्ने उनीहरूले बताएका छन्। टेकक्रञ्चका अनुसार एआईबाट चिप डिजाइन गर्न सकिएमा अहिले आर्थिक वा प्राविधिक कारणले विकास गर्न कठिन रहेका विभिन्न प्रयोजनका चिपसमेत बनाउन सकिने गोल्डीको भनाइ छ। “नयाँ चिप डिजाइन गर्न छ महिना, एक वर्ष वा दुई वर्ष लाग्छ भने कुन चिप बनाउने भन्नेमा निकै छनोट गर्नुपर्छ,” उनले भनिन्, “तर एक सातामै चिप डिजाइन गर्न सकियो भने अन्तरिक्ष, अग्मेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर) र जैविक कम्प्युटिङजस्ता विभिन्न क्षेत्रमा प्रयोग हुने विशेष प्रयोजनका चिप बनाउन सकिन्छ। यस्तो अवस्थामा लागतका हिसाबले पनि ती चिप बनाउनु उपयुक्त हुन सक्छ र ऊर्जा दक्षतासमेत बढाउन सकिन्छ।” The post एआईबाट चिप डिजाइन गरेर कम्प्युटिङ क्षमता बढाउने रिकर्सिभ इन्टेलिजेन्सको योजना appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

जिली होल्डिङले सन् २०२७ को उत्तरार्धदेखि विदेशमा बिक्री हुने मोडलहरूमा गुगल सर्भिसेज उपलब्ध गराउने
जिली होल्डिङ ग्रुपले गुगलसँग विश्वव्यापी रणनीतिक साझेदारी गरेको छ। यस सम्झौता अन्तर्गतको पहिलो मोडल सन् २०२७ को उत्तरार्धमा सार्वजनिक गर्ने योजना छ। शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा उक्त समूहले जनाए अनुसार, डिजिटल ककपिटको क्षमता विस्तार गर्नका लागि आफ्ना विभिन्न मोडलहरूमा ‘गुगल अटोमोटिभ सर्भिसेस’ समावेश गरिनेछ। पहिलो मोडल चीन र अमेरिका बाहिरका बजारहरूका लागि लक्षित रहेको छ। यद्यपि, यसको बजार प्रवेश भने उत्पादन ...

तेस्रो त्रैमासिकमा स्मार्टफोनको ढुवानीमा २० प्रतिशतले गिरावट आएको ओम्डियाको रिपोर्ट
ओम्डियाको अनुसन्धान अनुसार, तेस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कमी आएको छ। यो प्रारम्भिक तथ्याङ्क यसअघि सार्वजनिक भएको आईडीसीको बजार अनुसन्धानसँग धेरै हदसम्म मेल खान्छ। साथै, दोस्रो त्रैमासिकमा देखिएको ६ प्रतिशतको गिरावटको तुलनामा यो निकै तीव्र कमी हो। भारत, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकालगायतका विभिन्न क्षेत्रमा हालैका साताहरूमा देखिएको गिरावटले पनि यस तथ्यलाई पुष्टि गर्छ। यस ऐतिहासिक ...

सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने
सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने भएको छ। सामसङ हेल्थले केही वर्षदेखि स्लीप कोचिङ सुविधा दिँदै आएको छ। तर यो सुविधा प्रयोग गर्न एक महिनाभित्र लगातार सात दिनको निद्रासम्बन्धी तथ्याङ्क आवश्यक पर्थ्यो। नयाँ अपडेटसँगै प्रयोगकर्ताले छिटो स्लीप कोचिङ सुरु गर्न सक्नेछन् र आफ्नो निद्राअनुसार व्यक्तिगत सुझाव पाउनेछन्। यो अपडेटमा धावकका लागि केही नयाँ सुविधा पनि थपिएका ...

पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा
१ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ । तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दशैँ–तिहारको समय व्यस्त पर्यटकीय सिजन पनि हो । मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले […] The post पर्यटकीय सिजन ...


