Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने
Photo / Coverage: केन्द्रबिन्दु

तेहरान । इरानले हर्मुज जलघाँटी पुनः खोल्नुअघि अमेरिकाले आफ्ना सातवटै सर्त स्पष्ट रूपमा सम्बोधन गरी कार्यान्वयन गर्नुपर्ने जनाएको छ । इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकी प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै माग पूरा नभएसम्म जलघाँटी नखोलिने स्पष्ट पारेका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सामाजिक सञ्जाल एक्समा अमेरिकाको प्रतिक्रिया विश्वसनीय नरहेको उल्लेख गरेका छन् । इरानका अधिकार र मागलाई पूर्ण रूपमा सम्बोधन गरी कार्यान्वयन गरेपछि मात्रै हर्मुज जलघाँटी पुनः खोलिने उनको भनाइ छ । यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पनि आफ्ना माग पूरा नभएसम्म अमेरिकासँग कुनै सम्झौता नहुने बताएका छन् । उनले लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता कुनै पनि कूटनीतिक प्रक्रियाको प्रमुख र सम्झौता गर्न नसकिने सर्त भएको स्पष्ट पारेका छन् । इरानका अनुसार गत जुन १८ मा इरान र अमेरिकाबीच हस्ताक्षर भएको समझदारीपत्रको पहिलो बुँदामै सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय उल्लेख छ । यसअघि सेप्टेम्बर २२ मा इरानले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष शत्रुता अन्त्य गर्न र आफ्ना सर्त पूरा भए सात दिनभित्र हर्मुज जलघाँटी खोल्ने प्रस्ताव पठाएको थियो । त्यसपछि दुवै पक्षबीच सन्देश आदानप्रदान भएको थियो । इरानले आफ्नो प्रस्तावप्रति सद्भाव देखाउँदै सात दिनको समयसीमालाई दुई दिनमा झारेको बाघाईले सोमबार बताएका थिए । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । त्यससँगै इरानले हर्मुज जलघाँटीमाथिको नियन्त्रण पनि कडा बनाएको थियो । दुवै पक्षबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । समझदारीअनुसार दुवै देशले इरानको आणविक कार्यक्रमबारे अन्तिम सहमतिमा पुग्न र प्रतिबन्ध हटाउने विषयमा ६० दिनभित्र वार्ता गर्ने तय भएको थियो । उक्त समयसीमा अगस्ट १७ मा समाप्त हुने भए पनि बढ्दो तनावका कारण वार्तामा उल्लेख्य प्रगति हुन सकेन । -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाढीग्रस्त पूर्वाधार बनाउन भारतको चासो
Latest NewsJust now

बाढीग्रस्त पूर्वाधार बनाउन भारतको चासो

काठमाडौं।भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माणमा भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताएका हुन्। बुधबार काठमाडौंमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँग भएको छलफलमा मिस्रीले बाढीबाट नेपालमा भएको ठूलो क्षतिप्रति चासो व्यक्त गर्दै पुनर्निर्माणका योजनामा सहकार्य गर्न भारत इच्छुक रहेको बताए। उनले नेपालले पुनर्निर्माणका लागि अघि ...

नेपालन्युज
अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप
Latest NewsJust now

अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो । अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र पेस गरी २०५६ जेठ ५ गते विभागको सहायक निरीक्षक पदमा ...

केन्द्रबिन्दु
सात लाख बराबरको पटाका लगायतका विष्फोटक पदार्थ नष्ट
Latest NewsJust now

सात लाख बराबरको पटाका लगायतका विष्फोटक पदार्थ नष्ट

दिपक गौतम वीरगञ्ज (पर्सा), कार्तिक १८ गते । जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार कार्यालय परिसरमा खाल्डो खनी पानी र माटोले पुरेर सात लाख रुपियाँ बराबरको पटाका लगायतका विष्फोटक पदा... ...

गोरखापत्र
५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट
Latest NewsJust now

५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट

हामीले सरकार र कार्कीबीच भएका खटपट र सरकारले लगाएका मुख्य आरोपहरूलाई ५ बुँदामा बुझाउने प्रयास गरेका छौं । उच्च प्रहरी नेतृत्व, प्रधानमन्त्री कार्यालय स्रोत र सत्तारूढ दल रास्वपा स्रोतहरूले दिएका विवरण तथा प्रमाणसहित सार्वजनिक सूचनाका आधारमा यो सामग्री तयार पारेका हौं । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play