Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटा प्रकरणमा कांग्रेसको प्रश्न : ‘सरकार निष्पक्ष अनुसन्धानमा छ कि फसाउने षड्यन्त्रमा ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटा प्रकरणमा कांग्रेसको प्रश्न : ‘सरकार निष्पक्ष अनुसन्धानमा छ कि फसाउने षड्यन्त्रमा ?’
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्ला केही दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यशक्तिको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताउनुभएको छ। सभापति गगन थापालगायतका व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै उहाँले यसलाई सामान्य रूपमा लिन नसकिने बताउनुभएको छ। आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्नहरू जन्माएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो।’ यस प्रकरणमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउने अपेक्षा कम रहेको उल्लेख गर्दै आङ्देम्बेले सरकारको अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठाउनुभएको छ। ‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’ उहाँले प्रश्न गर्नुभएको छ। यस्तो गतिविधि भइरहेको भए त्यसले राजनीतिक प्रतिशोधको विषय मात्र नभई राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर चुनौती खडा गर्ने उहाँको भनाइ छ। ‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ आङ्देम्बेले भन्नुभएको छ। कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि संघर्ष गर्दै आएको पार्टी भएको उल्लेख गर्दै उहाँले यसप्रतिको पार्टीको प्रतिबद्धता अझै कायम रहेको स्पष्ट पार्नुभएको छ। उहाँले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। साथै, आरोपको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने उहाँको माग छ। ‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ,’ उहाँले भन्नुभएको छ। राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुन नसक्ने स्पष्ट पार्दै आङ्देम्बेले सरकारलाई क्षणिक सनकका आधारमा नभई संविधान र विधिको शासनअनुसार सञ्चालन हुनसमेत आग्रह गर्नुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राप्रपाको क्रियाशील सदस्यमा उल्लेख्य गिरावट, कहाँ गए ४० हजार सदस्य ?
PoliticsJust now

राप्रपाको क्रियाशील सदस्यमा उल्लेख्य गिरावट, कहाँ गए ४० हजार सदस्य ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ । पार्टी संगठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने […] ...

लोकपथ
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान: ग्राहकप्रति तीन प्रतिबद्धता
PoliticsJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान: ग्राहकप्रति तीन प्रतिबद्धता

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ । यो नयाँ सेवाको घोषणा मात्र नभई ग्राहकप्रति कम्पनीको प्रतिबद्धता हो । सेवाअन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ । यी प्रतिबद्धतामार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । १. ...

फरकधार
भिक्टोरियामा लेबर पार्टीलाई ठूलो धक्का, १२ वर्षपछि लिबरल-नेसनल गठबन्धनलाई बहुमत
PoliticsJust now

भिक्टोरियामा लेबर पार्टीलाई ठूलो धक्का, १२ वर्षपछि लिबरल-नेसनल गठबन्धनलाई बहुमत

अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले विनाशकारी पराजय भोगेको छ । आइतबार सार्वजनिक नतिजाअनुसार मध्य–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि सत्तामा फर्किएको छ । आधाभन्दा बढी मत गणना भइसकेको अवस्थामा केन्द्र–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धनले राज्यको तल्लो सदनमा बहुमत सिट जितेको छ । स्थानीय मिडियाको प्रक्षेपणअनुसार लेबर पार्टी राज्यको तल्लो सदनमा तेस्रो ठूलो दल बन्न सक्ने अवस्थामा पुगेको छभने ...

फरकधार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
PoliticsJust now

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब १ लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ । पार्टी संगठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाण्डुमा हुने महाधिवेशनका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement