Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। शुक्रबार उनकी पत्नी कविता पाण्डेले आयोगमा उक्त निवेदन दर्ता गराएकी हुन्। सापकोटालाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। निवेदनमा उल्लेख भएअनुसार विमानस्थलको अन्तिम सुरक्षा जाँच स्थलमा पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिई दुईवटा मोबाइल फोन खोसेको थियो। त्यसपछि उनलाई गाडीमा राखेर आँखामा पट्टी बाँधी अज्ञात स्थलमा लगिएको थियो। दुई दिनसम्म अज्ञात स्थलमा राखिएका सापकोटाले सोधपुछका क्रममा आफूलाई धम्की दिइएको आरोप लगाएका छन्। उनले निवेदनमा लेखेका छन्, ‘सोधपुछको क्रममा तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नविन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमानहरूविरुद्ध प्रमाण र बयान दिए छाडी दिने नत्र म मात्रै हैन, मेरो परिवारलाई समेत नराम्रो हुन्छ भनी धम्की दिइयो।’ सापकोटाले आफ्नो गोपनीयताको हक हनन भएको दाबी गर्दै संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न र आफू तथा आफ्नो परिवारको जिउ ज्यानको सुरक्षाका लागि आयोगसँग माग गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी
Latest NewsJust now

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने सरकारको नीति रहेको बताएकी छन् ...

कर्पोरट खबर
नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
Latest NewsJust now

नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्ने जनाएको छ । ...

कान्तिपुर
नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध
Latest NewsJust now

नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारणसभाले कुमारी बैंकका सीईओ रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी, कार्यकारिणी सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय, सानिमा बैंकका सीईओ पवनकुमार आचार्य, सिद्धार्थ बैंकका […] ...

समयपोष्ट
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
Latest NewsJust now

गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन् । उनी विराटनगर हुँदै इटहरी गएका हुन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा हुन लागेको १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबार सुनसरीको इटहरीमा आयोजना हुँदैछ। गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement