Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल
Photo / Coverage: टेक्नोलोजी खबर

नेपालस्थित इजरायली दूतावासले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र उदीयमान प्रविधिमा इजरायलको अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने उद्देश्यले मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा सरकार, सूचना प्रविधि, एआई, बैंकिङ तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले इजरायलले अनुसन्धान र नवप्रवर्तनमा गरेको लगानीबाट नेपालले सिक्न सक्ने बताए। उनले इजरायलले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशतभन्दा बढी रकम अनुसन्धान तथा विकासमा खर्च गर्ने गरेको उल्लेख गरे। नेपालले पनि इजरायललगायत मित्रराष्ट्रसँग सरकारी तहमा सहकार्य गर्नुका साथै निजी क्षेत्रका अनुसन्धान केन्द्र, नवप्रवर्तन संस्था र उद्योगबीच साझेदारी बढाउनुपर्ने उनको भनाइ थियो। यस्तो सहकार्यले नयाँ प्रविधिको विकास र आर्थिक उन्नतिका अवसर सिर्जना गर्न सक्ने उनले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्तामा इजरायलको अनुभव नवप्रवर्तन, सिर्जनशीलता र प्रविधिको व्यावहारिक प्रयोगमा आधारित रहेको बताए। नेपालसँग अनुभव आदानप्रदानले प्रविधि क्षेत्रमा सहकार्यका नयाँ अवसर खोल्ने उनको भनाइ थियो। उनले नोभेम्बर ९ देखि १२ सम्म नेपाली एआई तथा साइबर क्षेत्रको प्रतिनिधिमण्डलले गरेको इजरायल भ्रमणबारे पनि जानकारी गराए। कार्यक्रममा इजरायलका विभिन्न प्रविधि तथा आर्थिक क्षेत्रका विज्ञहरूले प्रस्तुति दिएका थिए। सहभागी विज्ञमा प्रेसिजन सिस्टम्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इटाय डानेनबर्ग, भ्यालु कन्सल्टिङ ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरेज आर्ये, इजरायलको अर्थतन्त्र तथा उद्योग मन्त्रालयअन्तर्गत नेसनल ग्रोथ डाइरेक्टरेटकी हाईटेक क्लस्टर प्रमुख इनबल मिन्कम्यान र फास्ट लेन इजरायलका प्रमुख कार्यकारी अधिकृत योसी मेलामेड थिए। कार्यक्रममा आयोजित छलफलमा इजरायलको प्रविधि तथा नवप्रवर्तन प्रणाली र जटिल चुनौती समाधानमा उन्नत प्रविधिको प्रयोगबारे चर्चा गरिएको थियो। छलफलमा नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) का उपाध्यक्ष विभूषण बिष्ट र कार्यकारी बोर्ड सदस्य नारायण कोइराला पनि सहभागी थिए। कार्यक्रममा एआई प्रयोग गरी तयार पारिएका इजरायल स्थापनाको इतिहास तथा त्यहाँको उत्पादन र प्रविधि क्षमतासम्बन्धी भिडियोसमेत प्रदर्शन गरिएको थियो। दूतावासले ज्ञान आदानप्रदान, संस्थागत साझेदारी र प्रविधिसम्बन्धी अनुभव साटासाटमार्फत नेपाल–इजरायल सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। The post इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर
TechnologyJust now

चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर

अमेरिकी जूरीले मंगलबार चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीजलाई व्यापार गोप्य कुराहरू चोर्ने र बैंकहरूलाई ठगी गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको छ। ह्वावे वायरलेस दूरसञ्चार नेटवर्कहरूको लागि विश्वको सबैभन्दा ठूलो उपकरण आपूर्तिकर्ताहरू मध्ये एक हो। तर जूरीहरूले ह्वावेलाई आपराधिक ठगी षड्यन्त्रमा संलग्न हुनु जस्तो सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरेको एपीन्यूजले रिपोर्ट गरेको छ। परिणामस्वरूप कम्पनीका वकिलले- यो माथिदेखि तलसम्म भ्रष्ट ...

टेक्नोलोजी खबर
गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा
TechnologyJust now

गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

काठमाडौं । युट्युबमार्फत फैलिरहेका अनलाइन जुवा, ठगी तथा हानिकारक सामाग्री नियन्त्रण गर्न असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ ।मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले देशको कानुनी व्यवस्था र इजाजतपत्रका सर्त उल्लङ्घन गरेको आरोपमा दुईवटा छुट्टाछुट्टै मुद्दा अघि बढाएको जानकारी दिएको हो ।आयोगका अनुसार मुद्दामध्ये एउटा युट्युबमा प्रसारित जुवा, अनलाइन ...

आइसिटी समाचार
त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने
TechnologyJust now

त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसन (डिजिटल सामाग्री उत्पादन) विषयमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।डिजिटल युगमा बढ्दो सामाग्री उत्पादनको आवश्यकता र सम्भावनालाई ध्यानमा राख्दै विभागले डिजिटल स्टोरीटेलिङ तथा सामाग्री सिर्जनासम्बन्धी व्यावहारिक सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याउन लागेको हो ।विभागका अनुसार यस कार्यक्रममा जुनसुकै विषयमा ...

आइसिटी समाचार
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
TechnologyJust now

‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्। यहाँस्थित इजरायली राजदूतावासमा मङ्गलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए। ‘सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नेमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement