Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आणविक सम्झौतामा म्याक्रोनको भनाइप्रति इरानको आपत्ति

आणविक सम्झौतामा म्याक्रोनको भनाइप्रति इरानको आपत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
आणविक सम्झौतामा म्याक्रोनको भनाइप्रति इरानको आपत्ति

तेहरान।इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गरेका छन्। उनले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताएको स्मरण गराए। उनले म्याक्रोनलाई आफ्नो भनाइ स्पष्ट राख्न आग्रह गर्दै इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको दाबीप्रति प्रश्न उठाए। अराघचीले आफ्नो पोस्टसँगै म्याक्रोनले सन् २०१८ को अप्रिलमा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेको तस्बिर पनि साझा गरेका छन्। उक्त सम्बोधनमा म्याक्रोनले सन् २०१५ को सम्झौता कायम राख्नु पर्ने धारणा राख्दै त्यसलाई इरानको आणविक कार्यक्रम अनुगमन र नियमन गर्ने अन्तर्राष्ट्रिय ढाँचाका रूपमा प्रस्तुत गरेका थिए। सन् २०१५ जुलाई १४ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत, अमेरिका र युरोपेली संघको सहभागितामा संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) सम्झौता भएको थियो । यसको उद्देश्य इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा सीमित रहेको सुनिश्चित गर्नु थियो। यसै साता अल जजिरासँगको कुराकानीमा म्याक्रोनले फ्रान्सले इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको बताएका थिए। यही अभिव्यक्तिलाई लिएर अराघचीले उनको आलोचना गरेका हुन्। यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताएका छन्। इरानी नेतृत्वको गतिविधिमा सहयोग पुर्‍याउने आर्थिक माध्यमहरू बन्द नगरेसम्म अमेरिकी प्रशासन पछि नहट्ने उनको भनाइ छ। उनले इरानको आर्थिक स्रोतमा दबाब बढाउँदै युद्ध सञ्चालनमा सहयोग गर्ने वित्तीय माध्यम समेत रोक्ने नीति कायम रहने बताएका छन्। –रासस /एएनआइ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

अस्थायी आवासमै दसैं
ताजा खबरJust now

अस्थायी आवासमै दसैं

मकवानपुर।लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैं अस्थायी आवासमै मनाएका छन्। यहाँस्थित गरगरे बस्तीका आठ वटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो। पूर्ण क्षतिग्रस्तसहित यहाँका प्रभावित ८० घरधुरी स्थानान्तरणका लागि स्थानीय तहबाट जिल्लामा सिफारिससहित अनुरोध गरिए पनि ...

नेपालन्युज
म्याराडोनाको मृत्यु मुद्दाको फैसला २२ डिसेम्बरमा
ताजा खबरJust now

म्याराडोनाको मृत्यु मुद्दाको फैसला २२ डिसेम्बरमा

अर्जेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुंगिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन् । मुख्य प्रतिवादी तथा उनका […] ...

लोकपथ
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
ताजा खबरJust now

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ ...

केन्द्रबिन्दु
पीएचपी समस्या र सतर्कता
ताजा खबरJust now

पीएचपी समस्या र सतर्कता

पीएचपी अर्थात प्रोग्रामिङ भाषामा आधारित प्रणालीमा देखिएका सुरक्षा जोखिमलाई मध्यनजर गर्दै केही सरकारी तथा नियामक निकाय र सेवा प्रदायकका वेबसाइट तथा सेवा पोर्टल अस्थायी रूपमा बन्द गरिएको छ।  सम्भावित साइबर आक्रमण, अनधिकृत पहुँच तथा संवेदनशील तथ्याङ्क चुहावटको जोखिम न्यूनीकरण गर्न सुरक्षा एड्भाइजरी जारी भएको सन्दर्भमा सम्बन्धित निकायलाई आफ्नो सूचना प्रविधि प्रणालीको... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play