काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत देशको हिमाली भु-भागमा आंशिक बदल लागेको छ तथा बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको तराई भू-भागका साथै मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । त्यस्तै राति देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई क्षेत्रमा र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on कर्पोरट खबर





