काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post आज देशका यी स्थानमा पानी पर्न सक्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आज देशका यी स्थानमा पानी पर्न सक्ने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






