सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–३ धनकोटमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो। स्थानीयका अनुसार रावलले घरघरमा पुगेर हँसिया प्रहार गरेका थिए। उनी विगत दुई–तीन वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको स्थानीय बसन्त रिजालले बताए। घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्रबहादुर थापाले जानकारी दिए। घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउन एम्बुलेन्स घटनास्थलतर्फ आउँदै गरेको उनले बताए।
दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




![बजारमा सयपत्री र मखमली [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bazarma-sayapatri-makhamali-8-08112026055831-watermarked.jpg)

