आज कहाँ-कहाँ छ सडक अवरुद्ध ?

देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा गत असोज २५ गते बिहान ५ः३० बजे गएको बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको छ । आरुघाट गाउँपालिका वडा नं. २, ३ र सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, आरुघाट गाउँपालिका वडा नं. ९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् । पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग हाल एकतर्फी रूपमा मात्र सुचारु भएको ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अझै इतिहासको ब्याज खोज्दै पुराना दलहरू
लोकतन्त्रमा गठबन्धन र सहकार्य अस्वाभाविक होइन। यो चलिराख्ने र चलिरहने प्रक्रिया हो। यसमा कहिले नयाँ पुरानो हुन्छ त कहिले पुरानो पनि नयाँ बनेर आउँछ। तर, त्यसको उद्देश्य, राजनीतिक विचार र कार्यदिशा स्पष्ट हुनुपर्छ। ...

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागूऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार ...

जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते
जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार घटेको यो घटनाले मुस्लिम बहुल जोर्डनमा ठूलो शोक र आक्रोश पैदा गरेको छ। शान्त मानिने यस देशमा यस प्रकारका घातक हिंसाका घटनाहरू निकै कम मात्र हुने… ...

इरानबाट खतरा बढेपछि मध्यपूर्वबाट फिर्ता हुन थाले अमेरिकी दूतावासका कर्मचारी
७ कात्तिक, काठमाडौं । इरानले मध्यपूर्व र विश्वका अन्य क्षेत्रहरूमा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निशाना बनाउने प्रयास अधिक बढाएको र हत्याको योजनाहरू ‘उन्नत चरण’ मा पुगेको गुप्तचर प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाले मध्यपूर्वका आफ्ना दूतावासहरूबाट कर्मचारी कटौती गर्न सुरु गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई बुझाइएको अक्टोबर २३ को गोप्य ’मेमो’ प्राप्त गर्दै न्युज एजेन्सी… ...


