Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी फेरबदलमा केपी ओली : भनेको मान्छ भनेर नियुक्त गरेका होला

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी फेरबदलमा केपी ओली : भनेको मान्छ भनेर नियुक्त गरेका होला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताउनुभयो। सरकारले आईजीपी दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरेको थियो। सरकारको निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भन्नुभयो, “उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला।” यसैबीच, ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मंगलबार राम्रो कुराकानी भएको जानकारी दिनुभयो। उहाँका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुरु भयो गगन थापा र केपी ओलीको बोलचाल, के हो अप्रत्याशित भेटको भित्री रहस्य ?
PoliticsJust now

सुरु भयो गगन थापा र केपी ओलीको बोलचाल, के हो अप्रत्याशित भेटको भित्री रहस्य ?

विगतमा नेताहरूले सिंहदरबार र बालुवाटारबाट शासन गरेनन् । बुढानीलकण्ठ, बालकोट र खुमलटारले चाहेअनुसार सत्ता-शासनमा खेलियो । स्मरण गरौँ, यी तीनमध्ये जब दुई ठाउँको हिमचिम बढ्थ्यो, तब तेस्रोवालाको सत्ता नै ढल्थ्यो ।  कुनै समय शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा दहीचिउरा खाने निहुँमा केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । त्यो दहीचिउराले केही दिनमै पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्यो । ...

फरकधार
राति देखेका केही सपना बिहान उठ्दा किन बिर्सिन्छौँ ?
PoliticsJust now

राति देखेका केही सपना बिहान उठ्दा किन बिर्सिन्छौँ ?

राति सुतेको बेला अनौठा, रमाइला वा डरलाग्दा सपना देख्नुभएको छ ? कहिलेकाहीँ सपनामा देखेका घटना वास्तविकजस्तै लाग्छन् । तर, बिहान उठेको केही समयमै ती सपना बिर्सिन्छौँ । आखिर यस्तो किन हुन्छ ? वैज्ञानिकहरूका अनुसार सपना बिर्सिनु सामान्य प्रक्रिया हो । मानिसले निद्राका विभिन्न चरणमा सपना देख्न सक्छ । विशेषगरी र्‍यापिड आई मुभमेन्ट (आरईएम) चरणमा देखिने सपना बढी जीवन्त र भावनात्मक हुन ...

फरकधार
राति सुत्ने बेला भूतको डर लाग्छ ? यसो गर्नुहोस्
PoliticsJust now

राति सुत्ने बेला भूतको डर लाग्छ ? यसो गर्नुहोस्

राति सुत्ने बेला अचानक डर लाग्ने, कोठामा कोही भएजस्तो महसुस हुने वा अँध्यारोमा अनौठो आकृति देखिने अनुभव तपाईंलाई पनि भएको छ ? कतिपय मानिस यस्ता अनुभवलाई भूतप्रेतसँग जोड्छन् । तर, विज्ञानले यस्ता घटनालाई मस्तिष्कको कार्यप्रणाली, डर र निद्रासँग सम्बन्धित प्रक्रियाबाट व्याख्या गर्छ । विशेषज्ञहरूका अनुसार अँध्यारोमा वरपरका वस्तु स्पष्ट नदेखिँदा मस्तिष्कले अपूर्ण दृश्य सूचनाको गलत अर्थ लगाउन सक्छ । त्यसैले झुन्ड्याइएको ...

फरकधार
सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
PoliticsJust now

सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

उनले भने, ‘तपाईंहरू कुन–कुन मिडियाकर्मी पक्राउ स्वयं परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्ने हो ? ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play