काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) माथि व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् । आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही गरेर जेल हाल्नुपर्ने भन्दै शाहीले प्रधानमन्त्रीको सल्लाहकार बनाएर कारबाही गर्नु उचित नभएको बताएका छन् । उनले आईजीपीले कुनै गल्ती नगरेको र कानुनविपरीत काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु भ्रष्ट आचरण भएको टिप्पणी गरेका छन् ।‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो।यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो। भ्रष्ट आचरण हो’ उनले भनेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरेको छ ।
आईजीपी फेरबदलपछि ज्ञानेन्द्र शाहीले भने- राज्यसत्ताको चरम दुरुपयोग !

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






