राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमा पार्टीको कुनै निर्देशन वा हस्तक्षेप नरहेको बताएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउने निर्णय गरेपछि सरकार र सत्तारूढ दलका प्रवक्ताबीच फरक धारणा सार्वजनिक भएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार कार्कीलाई हटाइएको बताएका थिए । तर, रास्वपा प्रवक्ता खरेलले उक्त निर्णयमा पार्टीको कुनै भूमिका नरहेको ...
आइजिपी हटाएकोमा सरकार र रास्वपाको फरक बोली, खरेल भन्छन्– पार्टीले निर्देशन दिएको छैन

Read Complete Original Article
Published originally on फरकधार






