Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी फेरबदलमा केपी ओली : भनेको मान्छ भनेर नियुक्त गरेका होला

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी फेरबदलमा केपी ओली : भनेको मान्छ भनेर नियुक्त गरेका होला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताउनुभयो। सरकारले आईजीपी दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरेको थियो। सरकारको निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भन्नुभयो, “उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला।” यसैबीच, ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मंगलबार राम्रो कुराकानी भएको जानकारी दिनुभयो। उहाँका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हुम्ला कांग्रेसका नेता शाही रास्वपा प्रवेश
PoliticsJust now

हुम्ला कांग्रेसका नेता शाही रास्वपा प्रवेश

हुम्ला समाचारदाताहुम्ला, कात्तिक १८ गते । नेपाली कांग्रेस हुम्लाका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । पार्टीले कारबाही फुकुवा गरेको एक वर्षपछि... ...

गोरखापत्र
पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?
PoliticsJust now

पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?

काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्व प्रकाश शर्माले पत्रकारहरुलाई ‘सुरक्षित हुनुहुन्छ’ भनेर प्रश्न गरेका छन्। आकस्मिक पत्रकार सम्मेलनमा शर्माले सरकारले केही दिन अघि गरेकाे धरपकडकाे विषयलाई लिएर पत्रकारहरुलाई प्रश्न गरेका हुन् । ‘कालोपट्टी पनि बाँध्नु भएको छैन धर्ना पनि बस्नुभएको छैन। तपाईँहरू सुरक्षित हुनुहुन्छ ?’ प्रश्न गर्दै शर्माले भने, ‘आज एउटालाई पर्यो भोलि अर्कोलाई पर्न […] ...

काठमाण्डुपाटी
नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
PoliticsJust now

नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केसी केहीबेरमा पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आइजिपी​ दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै केसीलाई प्रहरी महानिरीक्षकमा ...

फरकधार
सरकारमाथि विश्वप्रकाशको आक्रोश- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ
PoliticsJust now

सरकारमाथि विश्वप्रकाशको आक्रोश- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रता र कांग्रेसको महाधिवेशनलाई लिएर सार्वजनिक भएका आरोपहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारले लोकतान्त्रिक मूल्य-मान्यता र राजनीतिक मर्यादाविपरीत गतिविधि गरिरहेको आरोप लगाए । उनले लोकतन्त्रको महत्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारलाई दुःख दिने गतिविधि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play