अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु

काठमाडौं। बंगालको खाडीबाट उत्पन्न भएको अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार चक्रवातको प्रभावले आन्ध्र प्रदेश र ओडिसामा गरी ५ जनाले ज्यान गुमाएका हुन्। चक्रवात मंगलबार बिहान ३:३० बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो। त्यसबेला १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो भने भारी वर्षा भएको थियो। चक्रवातको प्रभाव अहिले भारतका १५ राज्यमा देखिएको छ। मध्य प्रदेश, राजस्थान, बिहार र उत्तर प्रदेश लगायतका राज्यमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ। यो क्रम आगामी दुई दिनसम्म जारी रहने अनुमान गरिएको छ। मध्य प्रदेशका सतना, कटनी र छतरपुर लगायतका जिल्लामा बुधबारदेखि नै वर्षा भइरहेको छ। राजस्थानको भरतपुर र कोटा डिभिजनका केही क्षेत्रमा पनि वर्षा भएको छ। मौसममा आएको परिवर्तनका कारण जयपुर, पिलानी, सिकर, बारमेर र चुरु लगायतका सहरमा तापक्रम २ डिग्री सेल्सियससम्म घटेको छ। सिकरमा रातको तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ। चक्रवातको प्रभावलाई मध्यनजर गर्दै छत्तीसगढका १२ जिल्ला र ओडिसाका १६ जिल्लामा विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। ओडिसामा करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![श्रम विभागमा चाडपर्व खर्च नपाउने श्रमिकले दिए उजुरी [भिडियो]](https://hamrakura.com/uploads/news/images/chakrapani-panday-mahanirdeshak-12-07.jpg)
श्रम विभागमा चाडपर्व खर्च नपाउने श्रमिकले दिए उजुरी [भिडियो]
प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम वर्षमा एक पटक चाडपर्व खर्चका रूपमा पाउनुपर्छ। ...

अलकत्राको विकल्पमा अब सिमेन्टको कंक्रिट
काठमाडौं।सरकारले बिटुमिनको विकल्पमा स्वदेशमै उत्पादन भएको सिमेन्टबाट कंक्रिटको सडक बनाउने कार्यविधि ल्याएसँगै अब निर्माण हुने सडकको गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ। वर्षौदेखि नेपालका अधिकांश सडक परियोजना विदेशबाट आयातित बिटुमिन (अलकत्रा)को प्रयोग गरेर अस्फास्ट कालोपत्रे हुँदै आइरहेकामा अब कंक्रिट सडकको आयु धेरै हुने र यसले दुर्घटनालाई पनि न्यूनीकरण गर्न सहयोग पुग्नेछ। सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई प्रवर्द्धन र विदेशी मुद्राको सञ्चिति जोगाउनको लागि ...

संसदीय उपसमितिमाथि हस्तक्षेप गरेर सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छिन । सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी हुन् । अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले नगर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । उनले सञ्चारमाध्यममा ...

नेपाल बैंकको ९० औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । उक्त घर कर्जा योजना अन्र्तगत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । ...


