Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अलकत्राको विकल्पमा अब सिमेन्टको कंक्रिट

अलकत्राको विकल्पमा अब सिमेन्टको कंक्रिट

Share:WhatsAppFacebookX (Twitter)Telegram
अलकत्राको विकल्पमा अब सिमेन्टको कंक्रिट

काठमाडौं।सरकारले बिटुमिनको विकल्पमा स्वदेशमै उत्पादन भएको सिमेन्टबाट कंक्रिटको सडक बनाउने कार्यविधि ल्याएसँगै अब निर्माण हुने सडकको गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ। वर्षौदेखि नेपालका अधिकांश सडक परियोजना विदेशबाट आयातित बिटुमिन (अलकत्रा)को प्रयोग गरेर अस्फास्ट कालोपत्रे हुँदै आइरहेकामा अब कंक्रिट सडकको आयु धेरै हुने र यसले दुर्घटनालाई पनि न्यूनीकरण गर्न सहयोग पुग्नेछ। सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई प्रवर्द्धन र विदेशी मुद्राको सञ्चिति जोगाउनको लागि भन्दै स्वदेशी सिमेन्ट उद्योगबाटै उत्पादन भएको सिमेन्टको प्रयोग गरेर कंक्रिटको सडक तयार पार्ने योजना अघि सारेको छ। मन्त्रिपरिषद्को यही असोज ३० गतेको बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सडक निर्माणमा आयातित बिटुमिन (अलकत्रा)को विकल्पमा स्वदेशी सिमेन्टबाट बन्ने कंक्रिट सडकलाई प्राथमिकता दिने नीतिगत आधार तयार पारेको छ। नीतिगत आधार तयार भएसँगै नेपालमा पनि सिमेन्ट प्रयोग गरेर कंक्रिटको सडक निर्माण गर्ने बाटो खुलेको छ। कार्यविधिमा सडक निर्माण गर्दा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पमा प्राविधिक रूपमा उपयुक्त भएमा स्वदेशी सिमेन्ट, स्थानीय सामग्रीको प्रयोग हुने सिमेन्ट कंक्रिट (पिसिसी) सडक, ढुङ्गाको पेभमेन्ट वा अन्य उपयुक्त निर्माण प्रविधि तथा भवन निर्माण गर्दा आयातित ग्रेनाइट, टायल वा अन्य फिनिसिङ सामग्रीको विकल्पमा स्वदेशी मार्बल, ढुङ्गा, स्लेट, टायललगायतका सामग्रीको प्रयोग गर्ने गरी डिजाइन गर्नुपर्नेछ। एकातर्फ विदेशबाट बिटुमन आयात गर्दा नेपाली मुद्रा विदेशिने गथ्र्यो भने अर्कोतर्फ भने विदेशी मुलुकमाथिको परनिर्भरता पनि बढ्दै आइरहेको थियो। सरकारको निर्णय सकारात्मक रहेको बताउँदै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भन्छन्, “सरकारले ढिलै भए पनि राम्रो निर्णय गरेको छ। यो निर्णय मुलुकको अर्थतन्त्रसँग गाँसिएको छ। रोजगारी पनि सिर्जना हुने र हाम्रै मुलुकमा भएको उत्पादन भएको सिमेन्टको पनि उपयोग हुने कुरा हो। यसलाई सरकारले प्रोत्साहन पनि गर्नुपर्छ।” उनका अनुसार सामान्य ठाउँमा सात मिटर चौडा भएको एक किलोमिटर बनाउनुभन्दा सिमेन्टको कंक्रिटको सुरुवाती लागत एक दशमलव छ गुणा बढी भए पनि सिमेन्टको कंक्रिटको आयु बिटुमिनभन्दा तीन गुणा बढी हुनेछ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापा बिटुमिनको सट्टामा सिमेन्टको कंक्रिटको सडक बनाउने योजना निकै व्यावहारिक र समय सान्दर्भिक रहेको बताउँछन्। “सिमेन्टको कंक्रिटले पिच गर्दा पनि ‘लो कस्ट’ प्रविधि प्रयोग गरियो भने जस्तै ‘ रोलर कम्प्याक्टेड कंक्रिट’, अलकत्राको पिच बनाउने पैसामा नै सिमेन्टको सडक बन्नसक्छ। त्यसमा फलामे छडहरु पनि राख्नु पर्दैन,” उनले भने, “हामीलाई महँगो पर्ने भनेको सिमेन्टमा छड हालेर बनाउँदा हो। हामीले त्यो नयाँ प्रविधि प्रयोग गर्‍यौं भने छड नै चाहिँदैन। त्यसलाई ‘रोलर कम्प्याक्टेड कंक्रिट पेभमेन्ट’ भन्ने गरिन्छ। सामान्य आरसिसी पेभमेन्टमा पनि हामीले नचाहिने ठाउँमा छड हाल्नु पर्दैन। हामीलाई चाहिने भनेको सिमेन्टको बढी कम्प्रेसिभ स्ट्रेन्थ (शक्ति) हो ।” अम्बे सिमेन्टका बरिष्ठ बिक्री प्रबन्धक राजु तिमिल्सनाले सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्ने नीति ल्याउनु पक्कै पनि सह्रानीय भएको बताए। “सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्ने गरी सडक पिच गर्ने योजना पक्कै पनि राम्रो छ,” उनले भने, “यसलाई कार्यान्वयन गर्न सकेको खण्डमा स्वदेशी सिमेन्ट उद्योग धेरै लाभान्वित हुनेछन्।” आयोगका सदस्य थापाले सिमेन्टको कंक्रिट ढलानको सडक निर्माण गर्दा फलामे छड नराखेर पनि बलियो खालको संरचना निर्माण गर्न सकिने बताए। “हामी सिमेन्टको स्ट्रेन्थ चाहिँ कम राख्छौं, अनि छड हालिदिन्छौं। त्यसले गर्दा एक त टिकाउ पनि हुँदैन र अर्को लागत पनि बढाउँछ। सडकमा सधैं ४० देखि ४५ मेगापास्कल बराबरको स्ट्रेन्थ आउने कंक्रिट राख्नु पर्छ,” उनले भने, “हामीले बलियो खालको सिमेन्टको संरचना प्रयोग गर्दैनौं । बरु घरको छत ढलान गरे जस्तो सामान्य १५–२० मेगापास्कलको कंक्रिट प्रयोग गर्छौ। सामान्य घरको छत वा भूइँ ढलान गर्ने कंक्रिटले सडकमा हुँदैन। सडकका लागि एकदमै बलियो सिमेन्ट कंक्रिट बनाउनु पर्छ।” आयोगका सदस्य थापाले नागढुङ्गा सुरुङमार्गभित्र पूरै कंक्रिट संरचनाको सडक बनाएको खण्डमा धेरै प्रभावकारी हुने बताए। “नागढुङ्गा सुरुङमार्गभित्र पूरै कंक्रिटको सडक छ, त्यो ४०–४५ मेगापास्कलकै हो। त्यस्तो उच्च शक्तिको कंक्रिट गर्‍यौ भने छड राख्नु नपर्दा लागत ह्वात्तै घट्छ,” उनले भने। त्यसो गर्दा अलकत्राको पिच र सिमेन्टको पिचको लागत लगभग बराबर पर्न जाने उनको भनाइ छ। सिमेन्टको कंक्रिटको संरचना पनि कम्तिमा २५ वर्षसम्म टिक्न सक्ने उनी बताउँछन्। आयोगका सदस्य थापाका अनुसार चिसो भइराख्ने ठाउँमा अलकत्रा पकाएर पिच गर्नुभन्दा सिमेन्टको कंक्रिटबाट सडक निर्माण गर्नु धेरै व्यावहारिक र दीर्घकालीन समयसम्म टिकाउ हुन्छ। हिमाली क्षेत्र र चिसो ठाउँमा पनि कलकत्राको सट्टामा सिमेन्टको पिच गर्दा धेरै प्रभावकारी हुने उनको तर्क छ। अहिले बिटुमिनको मूल्य बढेकाले पनि अलकत्राबाट कालोपत्रे र सिमेन्टको कंक्रिटबाट सडक निर्माणमा हुने लागतमा सामान्य मात्र फरक रहेको रहेको छ। “सामान्यतया बिटुमिनबाट सडक कालोपत्रे गर्दा प्रतिवर्गमिटर दुई हजार ८०० देखि तीन हजार जतिमै तयार भएको थियो,” आयोगका सदस्य थापाले भने, “प्रतिवर्गमिटर तीन हजारदेखि चार हजार रुपैयाँमा सिमेन्ट कंक्रिट सडक पनि तयार पार्न सकिन्छ। फलामे छड नराख्ने हो भने त दुवैको लागत खर्च उस्ता उस्तै जस्तो नै हो।” सिमेन्टको कंक्रिट सडकमा टायर खिइने समस्या उच्च सिमेन्टको कंक्रिटको सडक निर्माणको सुरुवाती लागत धेरै र टिकाउ पनि धेरै हुने गरेको छ। तर, सिमेन्टको कंक्रिटको सडकमा सवारीसाधन गुडाउँदा भने सवारीसाधनको टायर बढी खिइने सम्भावना पनि उत्तिकै रहेको छ। आयोगका सदस्य थापाले पनि कंक्रिटको सडकमा सवारीसाधन गुडाउँदा टायर खिइने समस्या भने बढी हुने बताए। “सिमेन्टको कंक्रिट सडकमा पनि एक तहको कालोपत्रे थप गर्ने हो भने सवारीसाधनको टायर खिइने समस्याको पनि अन्त्य गर्न सकिन्छ,” उनले भने, “विदेशमा पनि पहिला सिमेन्टको कंक्रिटको संरचना तयार पारेर माथिल्लो तहमा अलकत्राको कालोपत्रे गरेर व्यवस्थित गर्ने गरिन्छ।” केही वर्ष अघिसम्म बिटुमिनको मूल्य प्रतिलिटर ६५–७० रहेको थियो तर अहिले बिटुमिनको मूल्य बढेर प्रतिलिटर १५०–१६० को हाराहारीमा पुगेको छ। अहिले स्वदेशमा उत्पादन भएको सिमेन्टको प्रतिबोरा मूल्य पनि ६००–७०० को हाराहारीमा पुगेको छ। गत आवमा मात्रै करिव ११ अर्ब मूल्य पर्ने बिटुमिन आयात भएको बताइन्छ। नेपालका सिमेन्ट उद्योगको औसतमा वार्षिक उत्पादन क्षमता दुइदेखि साढे दुई करोड टन क्षमता रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

काठमाडौंको आठौँ विकेट पतन, १७ ओभरमा ९९ रन
ताजा खबरJust now

काठमाडौंको आठौँ विकेट पतन, १७ ओभरमा ९९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले आठौँ विकेट गुमाएको छ । काठमाडौंले १७ ओभरमा ९९ रन बनाउँदा मोहम्मद आदिल आलम आउट भएका छन् । उनी... ...

रातोपाटी
तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?
ताजा खबरJust now

तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

काठमाडौं । तिहार आउनासाथ नेपाली बजारमा काजु, बदाम, ओखर, पिस्ता, खजुर र अञ्जिरजस्ता ड्राइफ्रुटको माग बढ्ने गरेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन होस् वा घरमा आउने पाहुनाको सत्कार गर्न, ड्राइफ्रुट नेपाली चाडपर्वको खानपान र संस्कृतिसँग जोडिँदै गएको छ । विशेषगरी तिहारको सिजनमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पिस्ता र ओखरजस्ता ड्राइफ्रुट उपहारका प्याकेटको माग अत्यधिक हुने गर्छ । ...

केन्द्रबिन्दु
‘कबड्डी-५’ को गीत ‘बुझन मलाई’ मा काजीको मनोभाव
ताजा खबरJust now

‘कबड्डी-५’ को गीत ‘बुझन मलाई’ मा काजीको मनोभाव

हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘कबड्डी-५’ मा समावेश गीत ‘बुझन मलाई’ सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द संगीत र स्वर रहेको छ। यस गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ। गीतमा गितार तथा अर्गनमा आशिष चित्रकार, ड्रम्समा सरिन बज्राचार्य र बास गितारमा कृष्ण लिम्बू... ...

नेपालखबर
कागबेनी-मुक्तिनाथ सडक र पर्वतीय पहाड
ताजा खबरJust now

कागबेनी-मुक्तिनाथ सडक र पर्वतीय पहाड

• प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ जाने कागबेनीमा सडकको निर्माण भइरहेको छ। • मुक्तिनाथ क्षेत्रको पर्वतीय पहाडको सुन्दरता र धार्मिक महत्त्वलाई जोड दिइएको छ। • यस क्षेत्रको विकासले धार्मिक पर्यटनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play