Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

काठमाडौं । तिहार आउनासाथ नेपाली बजारमा काजु, बदाम, ओखर, पिस्ता, खजुर र अञ्जिरजस्ता ड्राइफ्रुटको माग बढ्ने गरेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन होस् वा घरमा आउने पाहुनाको सत्कार गर्न, ड्राइफ्रुट नेपाली चाडपर्वको खानपान र संस्कृतिसँग जोडिँदै गएको छ । विशेषगरी तिहारको सिजनमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पिस्ता र ओखरजस्ता ड्राइफ्रुट उपहारका प्याकेटको माग अत्यधिक हुने गर्छ । तर, तिहारको यही मिठास कायम राख्न नेपालले ठूलो रकम अन्य मुलुकमा बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्ममा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ४७ करोड ९२ लाख ९० हजार रुपैयाँ बराबरको ड्राइफ्रुट आयात गरेको छ । तीन महिनाको अवधिमा भएको यो आयातले नेपाली बजारमा ड्राइफ्रुटको माग र त्यसलाई पूरा गर्न विदेशी बजारमाथि रहेको निर्भरता देखाउँछ । काजु र बदाममै झन्डै एक अर्ब बाहिरियो ड्राइफ्रुटको आयातमा काजु र बदामको हिस्सा उल्लेखनीय देखिन्छ । उपलब्ध विवरणअनुसार तीन महिनामा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको काजु र ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको बदाम आयात भएको छ । यी दुई वस्तुको आयात मूल्य जोड्दा ९४ करोड ५० लाख ६१ हजार रुपैयाँ पुग्छ । विभागका अनुसार यी वस्तु खाजा तथा परिकारमा प्रयोग हुनुका साथै चाडपर्वमा उपहारका रूपमा दिने चलनले पनि बजारमा यसको माग बढ्ने गर्छ । नेपालमा काजु भारत, भियतनामलगायत विभिन्न देशबाट आयात हुने गरेको छ । बदाम भने भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकबाट आउने गरेको तथ्यांकमा उल्लेख छ । बोक्रासहित र बोक्रा हटाइएको दुवै प्रकारका काजु तथा बदाम आयात हुने गरेका छन् । सुपारी र ओखरको आयात पनि ठूलो ड्राइफ्रुटको सूचीमा काजु र बदाम मात्रै छैनन् । सुपारी, ओखर, पिस्ता, ब्राजिल नट, हेजलनट, म्याकाडामिया नट, पाइन नट, खजुर र अञ्जिरसमेत आयात हुने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ३२ लाख ४० हजार ५०० किलोग्राम सुपारी आयात भएको छ । यसै अवधिमा बोक्रासहितको ओखर १४ लाख ५१ हजार २०० किलोग्राम र बोक्रा हटाइएको ओखर ७४ हजार ५१ किलोग्राम आयात भएको उल्लेख छ । त्यस्तै, सुक्खा खजुर १ हजार ४१२ किलोग्राम, अन्य प्रकारका अञ्जिर ४५ हजार ९२ किलोग्राम र ताजा अञ्जिर २२४ किलोग्राम आयात भएको तथ्यांकमा उल्लेख छ । यी तथ्यांकले नेपाली बजारमा विभिन्न प्रकारका सुक्खा फलफूल तथा नट्सको उपभोग र व्यापार फैलिएको संकेत गर्छन् । त्यसैगरी नेपालमा तीन महिनाको अवधिमा २ करोड ८९ लाख २८ हजार रुपैयाँ बराबरको अञ्जिर आयात भएको छ । भारत, कुवेत, ओमान, कतार र साउदी अरेबियाबाट ताजा अञ्जिर आयात भएको छ भने भारत र कतारबाट अन्य प्रकारका अञ्जिरसमेत नेपाल भित्रिएको छ । ड्राइफ्रुटको आयातमा ठूलो रकम खर्च हुनु नेपालको खाद्य व्यापारसँग जोडिएको विषय पनि हो । आयातित वस्तुले उपभोक्ताको माग पूरा गर्न सहयोग गरे पनि त्यसका लागि विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्था रहेको उक्त तथ्यांकले देखाएको छ । तीन महिनामा झन्डै साढे दुई अर्ब रुपैयाँ बराबरको ड्राइफ्रुट आयात हुनुले नेपाली बजारमा यस्ता वस्तुको महत्वपूर्ण स्थान रहेको देखाउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विनिता खड्कासहित चार जनाले कांग्रेस केन्द्रीय सदस्यमा शपथ लिन नपाउने
ताजा खबरJust now

विनिता खड्कासहित चार जनाले कांग्रेस केन्द्रीय सदस्यमा शपथ लिन नपाउने

काठमाडौँ। नेपाली कांग्रेसका विनिता खड्का, सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवले केन्द्रीय सदस्यमा शपथ लिन नपाउने भएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई शपथ नगराउने निर्णय भएको कांग्रेस केन्द्रीय... ...

रातोपाटी
आफ्नो किरियाकर्म सकिएको ६ महिनापछि जब पदमबहादुर टुप्लुक्क घरमा आए...
ताजा खबरJust now

आफ्नो किरियाकर्म सकिएको ६ महिनापछि जब पदमबहादुर टुप्लुक्क घरमा आए...

सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले दागबत्ती दिए, काजकिरिया सके। दुर्घटना बीमा बापतको रकमसमेत बुझिलिए। तर, मोरङ लेटाङका ३७ वर्षीय पदमबहादुर राय जिउँदै रहेछन्। उनी अकस्मात घर आइपुगेका छन्। अन्त्यष्टि भएको ६ महिनापछि राय घर फर्किँदा परिवार, समाज र प्रहरी वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ। परिवारका लागि यो पुनर्जन्मको खुसी भए पनि यसले राज्यको अन... ...

नेपालखबर
नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन
ताजा खबरJust now

नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन

काठमाडौँ, कात्तिक १२ गते । नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन भएको छ । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान... ...

गोरखापत्र
इजरायललाई दिएको अमेरिकी समर्थनको विरोध गर्न २०२८ का राष्ट्रपतीय आकांक्षीलाई आग्रह
ताजा खबरJust now

इजरायललाई दिएको अमेरिकी समर्थनको विरोध गर्न २०२८ का राष्ट्रपतीय आकांक्षीलाई आग्रह

• पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा गाजासम्बन्धी नीतिको विरोध गर्दै १२ जना पूर्वअधिकारीहरूले डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई उक्त नीतिको निन्दा गर्न आग्रह गरेका छन्। • उनीहरूले इजरायलको सैन्य कारबाहीलाई समर्थन गर्ने व्यक्तिहरूलाई भविष्यको सरकारमा नसमावेश गर्न प्रतिबद्धता जनाउन भनेका छन्। • पूर्वअधिकारीहरूले अमेरिकी संविधानको रक्षा र गाजामा इजरायलको नरसंहारमा अमेरिकाको संलग्नता स्वीकार्नुपर्ने आवश्यकता औंल्याएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play