नेपाल बैंकको ९० औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । उक्त घर कर्जा योजना अन्र्तगत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । आधार दरमा शुन्य दशमलव पाँच प्रतिशत (०.५%) प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ बर्ष सम्म हुनेछ जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ । यो कर्जा लिने ग्राहकले बैंकबाट रु ५ लाख सम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो घर कर्जा सुविधा योजनाको अवधि २०८३ कार्तिक १५ गते देखि २०८३ माघ १५ सम्म जम्मा ९० दिन सम्मका लागि रहने छ । नेपाल बैंक लिमिटेड यहि कार्तिक ३० गते सोमबार ९० औं बर्षमा प्रवेश गर्दैछ । नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालभर २३१ शाखाहरु, २५० ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याईरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

काठमाडौंको आठौँ विकेट पतन, १७ ओभरमा ९९ रन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले आठौँ विकेट गुमाएको छ । काठमाडौंले १७ ओभरमा ९९ रन बनाउँदा मोहम्मद आदिल आलम आउट भएका छन् । उनी... ...

तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?
काठमाडौं । तिहार आउनासाथ नेपाली बजारमा काजु, बदाम, ओखर, पिस्ता, खजुर र अञ्जिरजस्ता ड्राइफ्रुटको माग बढ्ने गरेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन होस् वा घरमा आउने पाहुनाको सत्कार गर्न, ड्राइफ्रुट नेपाली चाडपर्वको खानपान र संस्कृतिसँग जोडिँदै गएको छ । विशेषगरी तिहारको सिजनमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पिस्ता र ओखरजस्ता ड्राइफ्रुट उपहारका प्याकेटको माग अत्यधिक हुने गर्छ । ...

‘कबड्डी-५’ को गीत ‘बुझन मलाई’ मा काजीको मनोभाव
हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘कबड्डी-५’ मा समावेश गीत ‘बुझन मलाई’ सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द संगीत र स्वर रहेको छ। यस गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ। गीतमा गितार तथा अर्गनमा आशिष चित्रकार, ड्रम्समा सरिन बज्राचार्य र बास गितारमा कृष्ण लिम्बू... ...

कागबेनी-मुक्तिनाथ सडक र पर्वतीय पहाड
• प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ जाने कागबेनीमा सडकको निर्माण भइरहेको छ। • मुक्तिनाथ क्षेत्रको पर्वतीय पहाडको सुन्दरता र धार्मिक महत्त्वलाई जोड दिइएको छ। • यस क्षेत्रको विकासले धार्मिक पर्यटनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ। ...


