अर्को साता देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई उत्तर-पश्चिम सर्ने क्रममा नेपालको मौसममा प्रभाव पार्ने देखिएको छ। महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना छ। विभागले जारी गरेको विशेष बुलेटिनमा प्रणालीको प्रभाव र जोखिमको स्तर यकिन गर्न कठिन भए पनि कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। मौसमविद् विनोद पोखरेलले यो प्रणालीले सन् २०१४ को हुदहुद चक्रवातसँग मिल्दोजुल्दो मौसमी संकेत देखाएको भन्दै विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। उनले आगामी बिहीबारदेखि माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया हुँदा केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने बताएका छन्। कात्तिक महिना धान भित्र्याउने र पदयात्राको मुख्य सिजन भएकाले यसले ठूलो क्षति पुर्याउन सक्ने जोखिम छ। पोखरेलले भने, ‘खेतमा पाकेर काटेको धान भिजेर नष्ट हुन सक्ने, हावाहुरी र असिनाले थप क्षति पुर्याउन सक्ने भएकाले किसानहरूलाई बेलैमा बाली सुरक्षित गर्न आग्रह गर्दछु।’ यसैगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहने भएकाले पदयात्री तथा पर्यटकहरूलाई आधिकारिक मौसम अपडेट हेरेर मात्र यात्राको योजना बनाउन सुझाव दिइएको छ। मनसुनले कमजोर बनाएका भिरालो जमिन र सडकहरूमा थप वर्षाले पहिरोको जोखिम बढाउने भएकाले राज्यका निकायहरूलाई पूर्वतयारीमा रहन विज्ञहरूले आग्रह गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्यो अस्वीकार
काठमाडौं । टर्कीले इरानसमर्थित हूथी विद्रोहीविरुद्ध हुने कुनै पनि सैन्य संघर्षमा सहभागी नहुने स्पष्ट पारेको छ । साउदी अरब र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता गरेको टर्कीले साउदीमाथि आक्रमण गरिरहेका हूथी... ...

यू–१९ पुरुष एसिया कपका लागि प्रारम्भिक टिमको घोषणा
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यू–१९ पुरुष एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण सूची सार्वजनिक गरेको छ । बन्द प्रशिक्षण आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने भएको छ । प्रारम्भिक सूचीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, बिपिन शर्मा, जोय थापा, सोहेल कुँवर, सौजन घिमिरे, ...

कोसीमा औद्यागिक कर्जा १ खर्ब ७३ अर्ब, सबैभन्दा धेरै मोरङमा कर्जा प्रवाह
काठमाडौं । नेपाल राष्ट्र बैंककले वर्ष २०८२/८३ को तथ्यांकलाई आधारित भएर कोसी प्रदेशमा गरेको अध्ययनले औद्योगिक कर्जा प्रवाह पनि अघिल्लो वर्षको तुलनामा घटेको देखाएको छ। २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कोशी प्रदेशको जिल्लामा दिएको औद्योगिक कर्जा ८.२ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। तर, अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १५ प्रतिशतले बढेको नेपाल ...

१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), कात्तिक ७ गते । पछिल्लो समय गुल्मी र अर्घाखाँचीमा १३ तले मन्दिरले प्रख्यात आकाशदेवी मन्दिर स्थानीय समिति र समुदायलाई हस्तान्तरण गरिएको छ । अर्घाखाँच... ...


