अम्बानीको रिलायन्सले भन्यो- स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौं

मुम्बई । भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप एलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ । रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ । प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध गरेको आरोप लगाएका थिए । उनले सामाजिक सञ्जाल एक्समा स्टारलिङ्कलाई भारतमा ‘अवरुद्ध’ गरिएको दाबी गर्दै त्यसलाई भारतीय जनताविरुद्धको अपराधको संज्ञा दिएका थिए । मस्कले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई व्यङ्ग्यात्मक रूपमा ‘प्रधानमन्त्री’ भन्दै टिप्पणीसमेत गरेका थिए । स्टारलिङ्कले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिकको कक्षमा घुम्ने उपग्रहको माध्यमबाट दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने योजना बनाएको छ । यसको सम्भावित प्रवेशले भारतमा सेवा शुल्क र रेडियो स्पेक्ट्रम बाँडफाँटबारे बहस चर्किएको छ । मस्कको आरोपपछि भारतको सञ्चार मन्त्रालयले सबै दूरसञ्चार सेवाप्रदायकलाई निष्पक्ष र भेदभावरहित अनुमति प्रणाली लागू गरिएको जनाएको थियो । रिलायन्सको डिजिटल शाखा जियो प्लेटफर्मले सन् २०२५ मार्चमा स्टारलिङ्कको सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको थियो । तर, जियोको स्याटेलाइट इन्टरनेट सेवाले नियामक स्वीकृति पाउन बाँकी छ भने स्टारलिङ्कले पनि भारतमा सेवा सुरु गरेको छैन । रिलायन्सले जियोसहित सबै सेवाप्रदायकले भारतीय कानून र नीतिको पालना गर्नुपर्ने जनाएको छ । यसैबीच, जियोले प्रस्तावित सेयर निष्कासनमार्फत तीन अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना बनाएको छ । यो निष्कासन भारतकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बन्ने अपेक्षा गरिएको छ । -एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मधेसमा ओलीको कालो छायाँ : सरकारबाट अचानक बहिरियो एमाले, पार्टीभित्रै विद्रोहको चेतावनी
काठमाडौं– नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएकोमा एमाले भित्रै बिद्रोहको खतरा पैदा भएको छ। एमालेको निर्णय बिनै सरकारबाट फिर्ता आउने निर्णय भएको भन्दै यस्तो बिद्रोहको संकेत देखिएको छ। यो प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता सराज यादवलाई मुख्यमन्त्रीको सपना बाँडी दिदा यस्तो अबस्था आएको बताइएको छ। ‘ पार्टीको कुनै बैठक बसेको छैन, संसदीय दलको बैठकमा छलफल भएको छैन, ...

साउदी अरबमा बंगलादेशका दुई जनालाई मृत्युदण्ड
काठमाडाैँ । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयका अनुसार पवित्र सहर मक्कामा अश्लीलताको आरोपमा एक बंगलादेशी पुरुष र एक महिलालाई मृत्युदण्ड दिइएको छ । साउदी अरबको सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’... ...

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
म्याग्दी।विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री पुनले नदी कटान, बाढी पहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राखेका हुन्। “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नु ...

कार दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
जनार्जन खत्रीसर्लाही, असोज ३० गते । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका... ...


