Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकी सांसद इल्हान ओमारको नागरिकता प्रक्रियामाथि ट्रम्प प्रशासनद्वारा अनुसन्धान

अमेरिकी सांसद इल्हान ओमारको नागरिकता प्रक्रियामाथि ट्रम्प प्रशासनद्वारा अनुसन्धान

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी सांसद इल्हान ओमारको नागरिकता प्रक्रियामाथि ट्रम्प प्रशासनद्वारा अनुसन्धान

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डेमोक्रेटिक सांसद इल्हान ओमारको नागरिकता रद्द गरी देश निकाला गर्न सकिने सम्भावनाबारे अनुसन्धान अघि बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार यो अनुसन्धान ओमारले अमेरिकी नागरिकता प्राप्त गर्दा अपनाइएको प्रक्रियामा केन्द्रित छ । सोमाली शरणार्थीका रूपमा अमेरिका पुगेकी मिनेसोटाकी सांसदको परिवारका आप्रवासनसम्बन्धी अभिलेख अध्ययन भइरहेको बताइएको छ । मिनेसोटाको ग्रान्ड जुरीसमक्ष बयान दिन ओमारका केही नातेदारसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई उपस्थित हुन पुर्जी जारी गरिएको समाचारमा उल्लेख छ । ओमारको कार्यालयले अनुसन्धानलाई निराधार भन्दै आरोप अस्वीकार गरेको छ । वासिङ्टनस्थित घरमा संघीय एजेन्टको छापा संघीय एजेन्टहरूले ओमारको वासिङ्टनस्थित घरमा छापा मारेको केही दिनपछि अनुसन्धानसम्बन्धी समाचार सार्वजनिक भएको हो । ओमारको कार्यालयले छापालाई ट्रम्प प्रशासनले राजनीतिक विरोधीलाई लक्षित गरेको ‘अभूतपूर्व कदम’ भनेको छ । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि छापा मारिएको हो । प्रतिनिधिसभामा आफ्नो नियन्त्रण कायम राख्न खोजिरहेको रिपब्लिकन पार्टीका लागि यो निर्वाचन महत्त्वपूर्ण मानिएको छ । ओमार मिनेसोटाको पाँचौँ निर्वाचन क्षेत्रबाट पाँचौँ कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछिन् । समाचारअनुसार एजेन्टहरूले ओमारको घरबाट पासपोर्ट, मोबाइल फोन, कम्प्युटर र नोटबुकलगायत सामग्री नियन्त्रणमा लिएका थिए । उमेरसम्बन्धी कागजातमा हेरफेरको आशंका ओमार सन् १९९५ मा केन्याको शरणार्थी शिविरबाट अमेरिका पुगेकी थिइन् र सन् २००० मा अमेरिकी नागरिक बनेकी थिइन् । उनले आप्रवासनसम्बन्धी ठगीको आरोप अस्वीकार गर्दै आएकी छन् । अनुसन्धानको एउटा मुख्य पक्ष नागरिकता प्रक्रियाका क्रममा उनका दिवंगत बुबाले उमेरसम्बन्धी कागजातमा हेरफेर गरेका थिए कि थिएनन् भन्ने रहेको बताइएको छ । ओमारको उमेर १८ वर्षको सट्टा १७ वर्ष देखाइएको थियो वा थिएन र त्यसले नागरिकता प्राप्त गर्ने प्रक्रियामा प्रभाव पारेको थियो कि थिएन भन्नेबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । ओमारका बुबाको सन् २०२० मा निधन भइसकेको छ । त्यसैले उमेरसम्बन्धी गलत विवरण ओमार आफैँले दिएकी थिइन् वा उनका बुबाले कागजातमा राखेका थिए भन्ने विषयमा प्रमाण जुटाउन कठिन हुन सक्ने बताइएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सले यस्तै आरोपबारे अनुसन्धान गरेको थियो । ठगीको ठोस प्रमाण नभेटिएपछि त्यतिबेला मुद्दा अघि नबढाइएको समाचारमा उल्लेख छ । नागरिकता रद्द गर्न अदालतको निर्णय आवश्यक ओमारको नागरिकता रद्द गर्न माग गर्दै अदालतमा मुद्दा दायर भइसकेको समाचारमा उल्लेख छैन । अनुसन्धान अघि बढ्दैमा उनको नागरिकता स्वतः रद्द हुने वा उनलाई देशनिकाला गर्न सकिने होइन । त्यसका लागि कानुनी प्रक्रिया पूरा गरी अदालतको निर्णय आवश्यक पर्छ । यसअघि सम्पत्ति विवरणमा त्रुटि रहेको आरोपसम्बन्धी विषयमा एक संसदीय निगरानी निकायले ओमारलाई सफाइ दिएको थियो । सोमबार बिहान अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायअन्तर्गतको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सका एजेन्टहरूले अदालतको अनुमति लिएर उनको घरमा छापा मारेका थिए । उनीहरूले ‘बरामद सामग्रीसम्बन्धी प्रमाण’ लेखिएका बाकस बाहिर लगेका थिए । सोमाली पृष्ठभूमि र आप्रवासन इतिहासका कारण ओमार वर्षौँदेखि ट्रम्प र उनका सहयोगीहरूको आलोचनाको निशानामा पर्दै आएकी छन् । छापापछि ट्रम्पले पत्रकारहरूसँग उक्त कारबाहीमा आफ्नो भूमिका नरहेको र यो न्याय विभागको क्षेत्राधिकारभित्र पर्ने विषय भएको बताएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
ताजा खबरJust now

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

रातोपाटी
लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
ताजा खबरJust now

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

केन्द्रबिन्दु
साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
ताजा खबरJust now

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

कर्पोरट खबर
गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
ताजा खबरJust now

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play