अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई हप्काएका थिए। दुवैले जेलेन्स्कीलाई उनका भनाइहरूका कारण अमेरिकी राष्ट्रपति रुष्ट भएको बताएपछि जेलेन्स्कीले स्पष्टीकरण दिँदै आफूले त्यस्तो कहिल्यै नभनेको बताएका थिए। यस महिना रुसबाट डिजेल खरिद गर्ने अमेरिकी निर्णय, रुसमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्ने र युक्रेनलाई दिइने अमेरिकी सहायता सीमित गर्नेजस्ता मुद्दाहरूमा ट्रम्प र जेलेन्स्कीबीच पटक-पटक सवालजवाफ भएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
अमृतप्रसाद पौडेल म्याग्दी, कात्तिक ६ गते । असोज ३० गते शनिबारदेखि अवरुद्ध बेनी–दरबाङ सडकखण्ड अन्तर्गत फापरखेतको पहिरो शुक्रबार बिहान सात दिनपछि खुलेको छ । निरन्तर सुक्खा पहिरो झरिर... ...

पोखरीमा डुबेर आमा-छोरीको मृत्यु
सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आपघारीस्थित क्रसर उद्योगमा प्रयोग हुने पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ। ...

साइबर सुरक्षा जोखिमपछि बैंक तथा सरकारी निकायका वेबसाइट बन्द
काठमाडौं । बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट बन्द भएका छन्। वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा सुरक्षा जोखिम देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो।पीएचपी प्रयोग गरिएका बैंक तथा वित्तीय संस्था र सरकारी निकायका वेबसाइट बन्द गरिएका हुन्। वेबसाइट बन्द गरिए पनि ग्राहकको सूचना वा आर्थिक ...

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी
चितवन । भोटीकोसी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो । यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय ...


