अध्यक्ष ओलीद्वारा एमालेका अग्रज नेता छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका अग्रज नेता, संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त गर्नु भएकाे छ ।

ओलीले तामाङको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा उहाँले पुर्याएको योगदान स्मरणीय रहने बताउनु भएकाे छ ।

तामाङ नेकपा (एमाले) रसुवाका संस्थापक सदस्य तथा पूर्व जिल्ला कमिटी अध्यक्षसमेत हुनुहुन्थ्याे। उहाँले पार्टी र जिल्लाको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै ओलीले उहाँको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको बताउनु भएकाे छ ।

ओलीले दिवङ्गत तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीका सम्पूर्ण पङ्क्तिमा गहिरो समवेदना व्यक्त गर्नु भएकाे छ ।

Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कर्जा विस्तार ठप्प, ब्याज आम्दानी ओरालो तर, बैंकहरूको नाफामा छलाङ !
मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन । निजी क्षेत्रको कर्जाको माग सुस्त छ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । ब्याज आम्दानी घट्दो क्रममा छ । तर, यही प्रतिकूल परिस्थितिबीच वाणिज्य बैंकहरूको नाफा भने अस्वाभाविक रूपमा उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद ...

इनम प्रकरणले न्यायालयभित्र बिचौलियाको जालो कति गहिरो छ भन्ने उदाङ्गो पार्यो
न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अंगहरू हुन । ती तीन अंगहरू मध्ये सर्वाधिक महत्व रहेको न्यायपालिका भित्र इनम सापकोटा प्रकरणले ठूलै आँधी तुफान मच्चाएको अवस्था छ । न्यायको मन्दिर र जन आस्थाको केन्द्र पनि भएकोले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्वको भनिएको हो । न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ । वर्तमानको यो ...

रास्वपामा महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन चाहनेका लागि आवेदन खुला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ । सो पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेका लागि आवेदनसमेत खुला गरेको छ । महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा […] ...

एनपिएलमा लोकेश बमको दबदबा
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सका ओपनर लोकेश बमले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आफ्नो अग्रता थप बलियो बनाएका छन् । जारी एनपिएलमा लोकेशले अहिलेसम्म १३८ रन जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेका छन् । उनले १८१.५७ को प्रभावशाली स्ट्राइक रेटमा रन बनाएका छन् । आक्रामक ब्याटिङका कारण लोकेश अहिले प्रतियोगिताका सबैभन्दा प्रभावशाली ब्याटरमध्ये एक बनेका ...