माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्वर ८ का वडाध्यक्ष निमा लामाले बताए । हिमपात भएपछि न्यानला पास हिउँले ढाकिन्छ । त्यसपछि स्थानीयवासीको आवागमन सहज रहँदैन । सामान्य सडक तथा वैकल्पिक यातायातको पहुँच नभएको माथिल्लो डोल्पामा यस्ता हिमाली पास नै गाउँहरू जोड्ने मुख्य माध्यम हुन् । तर, मौसम प्रतिकूल हुँदा यही बाटो जीवनयापनका लागि चुनौती बन्ने गरेको गाउँपालिका अध्यष धावा सन्दुक गुरुङले बताए ।
५३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

Read Complete Original Article
Published originally on पर्दाफास






