२४ घण्टामा विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौँ । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन गरी सवारी चलाएका २६ जना चालकलाई कारबाही गरेको छ। उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता
'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ । ...

पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ
BBC ऐतिहासिक अभिलेखका अनुसार कम्तीमा ८०० वर्ष पहिले कोल्लूर गाउँ विश्व प्रसिद्ध कोहिनूर हीरा खानीको लागि परिचित थियो जब सडकमा हीराको थुप्रो लगाएर बेचबिखनको प्रसङ्ग आउँछ, दक्षिण भारतस्थित विजयनगर साम्राज्यको नाम मानिसहरूको ...

खानामा स्वादसँगै संस्कृति
काठमाडौं।खाना जिब्रोको स्वादका लागि मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि खानुपर्छ। जिब्रोलाई मिठो लाग्ने सबै खानाले स्वास्थ्यमा राम्रो गर्छ भन्ने हुँदैन। त्यसैले स्वादसँगै खानाको पोषण र स्वास्थ्यमा पर्ने असरबारे पनि ध्यान दिनुपर्छ। नेपालका कतिपय परिकार संस्कार र संस्कृतिसँग जोडिएका छन्। कुन पर्व वा उत्सवमा के खाने भन्ने परम्परा नै बनेको छ। तर, बजारमा नयाँनयाँ परिकारको प्रचलन बढ्दै जाँदा परम्परागत र रैथाने ...

मुन्दुममा डुबेको मिङमार मन्दुमी
गाउँमा आयोजना हुने विवाह होस् वा अन्य मुन्दुमी उत्सवहरु । सानो उमेरका मिङमार खालिङ पाको उमेरका पूर्खाहरुसँग चुलाको छेउमा मुन्दुमी कार्य गरिरहेका हुन्थे । उनका दौंतरीहरु आँगनमा रमाइलो गर्दै नाचिरहँदा... ...


