२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् । कात्तिक १ गतेको २४ घण्टाको विवरणअनुसार सवारी दुर्घटनाबाट सातै प्रदेश तथा काठमाडौं उपत्यकामा मानवीय क्षति भएको छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १३ जना, बागमती प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६२ जना, काठमाडौं उपत्यकामा ७ जना र कोशी प्रदेशमा ५१ जना घाइते भएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अस्ट्रेलियामा महिला सांसदलाई कार्यालय बाहिर कारले कुल्चियो, अवस्था गम्भीर
२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्सलाई सोमबार उनकै कार्यालयबाहिर कारले ठक्कर दिएको छ। ६५ वर्षीया हेन्सको अवस्था गम्भीर रहेको छ भने उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ। यो घटना भिक्टोरिया राज्यको वाङ्गाराटा सहरमा भएको हो, जुन मेलबर्नबाट करिब तीन घण्टाको दूरीमा पर्छ। प्रहरीका अनुसार, हेन्स आफ्नो निर्वाचन क्षेत्रको कार्यालयबाहिर निस्किएकी थिइन्, त्यही बेला… ...

मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?
२ कात्तिक, काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन्। मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसको घोषणा गरेका हुन्। हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १४६ डलर छ। अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका छन्।… ...

डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू
नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ । दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो । भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय फिल्म तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरका नेपाली दर्शकहरूमाझ समेत पु¥याउने यो ...

कर्णालीका सडकमा मध्यरात ट्राफिक जागेपछि…
२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ । दसैँ लागेसँगै जिल्ला छोड्नेहरू बढिरहेका छन् । अन्य दिनमा भरिभराउ हुने सड्कहरु अचेल खाली देखिन थालेका छन् । राजधानीमा मानिसहरूको चाप विस्तारै घट्दो छ । उसो त अन्य दिनहरूमा पनि राति ८ बजे नै वीरेन्द्रनगर बजार सुनसान बन्छ । पसलहरू सबै बन्द भइसकेका हुन्छन्… ...


