Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू

डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू

10/19/2026, 5:33:46 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू

नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ । दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो । भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय फिल्म तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरका नेपाली दर्शकहरूमाझ समेत पु¥याउने यो अर्को कदम समेत हो । यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर फिल्महरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार प्लेटफर्म सिर्जना गरेको छ । लञ्च लाइनअपमा ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर फिल्महरूसँगै जिओहटस्टार ओरिजिनलहरू ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन् । यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडाक्म’ जस्ता चर्चित साउथ इन्डियन फिल्मसँगै ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू डिगोमा हेर्न सकिनेछ । दर्शकहरूले डिगोको मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्नेछन्, जसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ । मोबाइल प्लानको मूल्य एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २,४९९ रुपैयाँ रहेको छ । त्यस्तै, प्लस प्लान एक महिनाको लागि ३९९ रुपैयाँ, तीन महिनाको लागि ८९९ रुपैयाँ र एक वर्षको लागि २,६९९ रुपैयाँमा उपलब्ध हुनेछ । दर्शकहरूले धधध।धबतअजमनय।अयm मा गएर वा ष्इक्, ब्लमचयष्म, ब्लमचयष्म त्ख् र क्mबचत त्ख् मा डिगो एपमार्फत सब्स्क्राइब गर्न सक्नेछन् । जिओहटस्टारको लाइब्रेरीले डिगोको नेपाली फिल्म र शोहरूको संग्रहलाई थप बलियो बनाएको छ । स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै डिगोमा प्रत्येक हप्ता नयाँ नेपाली फिल्म थपिनेछ । यसरी भारतीय तथा नेपाली मनोरञ्जन र विश्वव्यापी खेलकुदहरू कुनै पनि अतिरिक्त शुल्क बिना एउटै डिगो सब्स्क्रिप्सनमा उपलब्ध भएका छन् । जिओहटस्टारको नेपाल प्रवेशको बारेमा टिप्पणी गर्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले पछिल्लो विस्तारले भारतमा सिर्जना गरेको दायरा र विदेशमा भारतीय मनोरञ्जनको मागलाई एक ठाउँमा ल्याएको बताएका छन् । ‘पुस्ताौँदेखि हाम्रा फिल्म, टेलिभिजन शो र कलाकारहरूलाई पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक महत्त्वपूर्ण हिस्सा हो । डिगोसँगको सहकार्यले हामीले जिओहटस्टारको मनोरञ्जनलाई स्थानीय प्लेटफर्मको सहजतासँग जोड्दै दर्शकहरूलाई अझ फराकिलो विकल्प दिन सक्षम भएका छौँ’, उनले भने । यो साझेदारी डिगो र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि एक माइलस्टोन रहेको डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले बताए । उनले भने,‘जिओहटस्टारका फिल्म र शोहरूदेखि लिएर हरेक हप्ता आउने नयाँ नेपाली फिल्म र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूसम्म, नेपाली दर्शकहरूलाई डिगो रोज्ने हरेक दिन नयाँ कारण दिनु हाम्रो उद्देश्य हो । हामी हाम्रा दर्शकहरूका लागि विशेष रूपमा तयार पारिएको मूल्यमा नेपालकै लागि बनेको प्लेटफर्ममार्फत यी सबै विकल्पहरू एकै ठाउँमा ल्याउँदैछौँ ।’ नेपालमा भएको यो लञ्चले भारतीय मनोरञ्जनको पहुँच र आकर्षणलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दिगो उपस्थिति स्थापित गर्ने जिओहटस्टारको लक्ष्यलाई झल्काउँछ । डिगोले नेपाली फिल्म ‘लालीबजार’ दसैँको अवसर पारेर सार्वजनिक गरिसकेको छ । योसँगै ‘मन बिनाको धन’, ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’ पनि छिटै एपमा उपलब्ध हुने डिगोले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

क्यानडाबाट छुट्टिने विषयमा आज अल्बर्टामा मतदान, के हो विवाद ?
OthersJust now

क्यानडाबाट छुट्टिने विषयमा आज अल्बर्टामा मतदान, के हो विवाद ?

२ कात्तिक, काठमाडौं । क्यानडाको अल्बर्टा प्रान्तमा आज जनमत सङ्ग्रह भइरहेको छ। यसमा मानिसहरूले प्रान्त क्यानडाकै हिस्सा बनिरहने वा छुट्टिने भन्ने निर्णय गर्नेछन्। इप्सोस-ग्लोबल न्युजको सर्वेक्षणअनुसार अल्बर्टाका करिब ७० प्रतिशत मानिस क्यानडासँगै रहने पक्षमा छन्। यति हुँदाहुँदै पनि छुट्टै देश बनाउनुपर्ने माग गर्नेहरू पछि हट्न तयार छैनन्। अल्बर्टामा छुट्टै देश बनाउने माग कुनै नयाँ कुरा… ...

अनलाइन खबर
‘प्रकोपले कयौं सभ्यता ढले, संघर्षले जोगाइरहेछ मानव अस्तित्व’
OthersJust now

‘प्रकोपले कयौं सभ्यता ढले, संघर्षले जोगाइरहेछ मानव अस्तित्व’

धेरैजसो मानिसहरूले विनाशपछि नयाँ निर्माण त होला भन्ने आशा राखेका हुन्छन् । तर त्यसपछि सरकारको स्पष्ट दृष्टि र सुशासनको कमी भयो भने विनाशपछि झनै ठूलो वित्यास हुन्छ । भोटेकोशी बाढीपछि त्यो अवस्था आउँछ कि भन्ने डर छ । ...

अनलाइन खबर
अस्ट्रेलियामा महिला सांसदलाई कार्यालय बाहिर कारले कुल्चियो, अवस्था गम्भीर
OthersJust now

अस्ट्रेलियामा महिला सांसदलाई कार्यालय बाहिर कारले कुल्चियो, अवस्था गम्भीर

२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्सलाई सोमबार उनकै कार्यालयबाहिर कारले ठक्कर दिएको छ। ६५ वर्षीया हेन्सको अवस्था गम्भीर रहेको छ भने उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ। यो घटना भिक्टोरिया राज्यको वाङ्गाराटा सहरमा भएको हो, जुन मेलबर्नबाट करिब तीन घण्टाको दूरीमा पर्छ। प्रहरीका अनुसार, हेन्स आफ्नो निर्वाचन क्षेत्रको कार्यालयबाहिर निस्किएकी थिइन्, त्यही बेला… ...

अनलाइन खबर
मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?
OthersJust now

मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?

२ कात्तिक, काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन्। मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसको घोषणा गरेका हुन्। हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १४६ डलर छ। अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका छन्।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play