Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/१२ वर्षपछि लाग्ने ‘बोन मेला’ तथा तीर्थयात्रा : जगदुल्ला ताल क्षेत्रमा देखिएको रौनक

१२ वर्षपछि लाग्ने ‘बोन मेला’ तथा तीर्थयात्रा : जगदुल्ला ताल क्षेत्रमा देखिएको रौनक

Share:WhatsAppFacebookX (Twitter)Telegram
१२ वर्षपछि लाग्ने ‘बोन मेला’ तथा तीर्थयात्रा : जगदुल्ला ताल क्षेत्रमा देखिएको रौनक

सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हिमालय क्षेत्रमा रहेको जगदुल्ला तालमा १२ वर्ष पछि लाग्ने वोन मेला तथा तीर्थयात्रा सम्पन्न भएको छ । सोमबार सकिएको उक्त मेला तथा तीर्थयात्रा रहेको ठाउँमा राक्षस, प्रेम तथा जगदुल्ला तालहरु रहेका छन् । धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको जगदुल्ला तीर्थयात्रा तथा मेलाले डोल्पा र समग्र कर्णाली प्रदेशको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई पुनः उजागर गरेको गाउँपालिकाका अध्यक्ष नारसिं रोकायले बताए । लामो समयपछि लागेको यस ऐतिहासिक मेलाले जगदुल्लावासीको धार्मिक आस्थालाई मात्र पुनर्जीवित गरेन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृति, परम्परा र लोकविश्वासलाई समेत एकै ठाउँमा जोड्ने अवसर प्रदान गरेको उनले बताए । यस वर्षको १२ वर्षे जगदुल्ला मेलामा जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकाया, ८२ वर्षका धर्मगुरु गेशे तेन्जिन् ङिमा होइजेर रिन्पोछे तथा गेशे फुन्छोग ङिमा, गेशे लोडोई छोग्लेग्, ढुवथोन्पा छुल्ठिम साङ्ग्य, गेशे ङिमा तेन्जिन्लगायतका धर्मगुरु र श्रद्धालुहरूको उपस्थिति रहेको थियो। दुर्गम हिमाली भूगोल, कठिन पदमार्ग र सीमित सुविधाबीच सम्पन्न यात्राले धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र प्राकृतिक सम्पदाको महत्वलाई फेरि एकपटक स्मरण गराएको स्थानीय यूवा भास्कर बस्नेतले बताए । तुङुतुङ पाट्नका गोठालाले गरे स्वागत तीर्थयात्राको क्रममा तुङुतुङ पाट्नमा बसोबास गर्दै आएका चौँरीगोठालाहरूले धर्मगुरु तथा यात्रामा सहभागी श्रद्धालुहरूलाई स्वागत गरेका थिए । भौतिक सुविधा र साधनको अभाव भए पनि हिमाली क्षेत्रका बासिन्दाको सरल जीवनशैली, आत्मीय व्यवहार र पाहुनाप्रतिको सम्मानले यात्रालाई थप स्मरणीय बनेको बस्नेतले बताए । झरना, ताल र हिमाली भू–दृश्यले यात्रालाई थप उत्कृष्ट बनाएको गाउँपालिकाका अध्यक्ष रोकायले बताए । प्रकृतिको अनुपम सौन्दर्य र स्थानीय संस्कृतिको विविधताले जगदुल्लालाई धार्मिक तीर्थस्थलसँगै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा समेत चिनाउने आधार प्रदान गरेको उनले दावी गरे । जगदुल्ला ताल : प्रकृति र आस्थाको पवित्र संगम डोल्पाको जगदुल्ला गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा समुद्री सतहबाट करिब चार हजार सात सय मिटरको उचाइमा रहेको छ । जगदुल्ला ताललाई स्थानीय रूपमा ‘जगदुल्ला साचोलिङ’ नामले पनि चिनिन्छ । यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व स्थानीय जनविश्वास, प्राचीन कथन र धार्मिक परम्परासँग जोडिएको छ। स्थानीय मान्यताअनुसार ताल आसपास ‘गाङ्छेन मेरि राल्वा’ नामक पर्वत, ‘तेनामथाङ’ नामक ताल तथा ‘निहुञ्झोम बाल्घी छु’ नामको नदी रहेका छन्। यस क्षेत्रमा ‘मण्डलाचौर’ भनिने चारवटा मण्डला थाङ रहेको बताइन्छ। स्थानीय धार्मिक विश्वासअनुसार यहाँका चारवटा ठूला हिमशिखर सृष्टिदेखि अहिलेसम्म नपग्लिएका मानिन्छन्। त्यस्तै, यहाँका चार प्रमुख ताललाई रोग निवारण गर्ने शक्तिसँग जोडेर हेर्ने गरिन्छ। यी स्थलहरू लामाहरूको साधना, ध्यान र प्रार्थनासँग सम्बन्धित रहेको स्थानीय विश्वास रहेको अध्यक्ष रोकायले बताए । जगदुल्ला क्षेत्रलाई नौ लाख नौ हजार देवता तथा अप्सराहरूको आशीर्वाद प्राप्त पवित्र तीर्थस्थलका रूपमा मान्ने धार्मिक परम्परासमेत रहेको उनले जानकारी दिए । दूध कुण्डदेखि प्रेम तालसम्म : लोकविश्वासका अनेक कथा जगदुल्ला क्षेत्रको धार्मिक महत्वसँग विभिन्न लोककथा र जनविश्वास पनि जोडिएका छन्। स्थानीय कथनअनुसार यस क्षेत्रमा एउटा पवित्र दूध कुण्ड रहेको विश्वास गरिन्छ । उक्त कुण्डको पानी पिउँदा शारीरिक शक्ति बढ्ने, रूप सुन्दर हुने तथा सन्तान नभएका दम्पतीले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास रहेको स्थानीयवासीहरु बताउँछन् । प्राचीन समयमा यस ताललाई ‘दूध कुण्ड’ भनिने गरेको स्थानीय कथन छ। पछि ‘राक्षस दह’ हुँदै तालको मुटुजस्तो आकारका कारण अहिले ‘प्रेम ताल’ समेत रहेको छ । तालको पानीले हातमुख धुँदा पाप पखालिने, शरीर शुद्ध हुने र नागदेवताको आशीर्वाद प्राप्त हुने विश्वास पनि स्थानीय समुदायमा रहँदै आएको छ। नागदेवताको पूजा गरी मनोकामना गर्दा इच्छा पूरा हुने तथा यहाँबाट बग्ने पानीले रोग निको पार्ने विश्वाससमेत प्रचलित रहेको छ । यस क्षेत्रलाई स्वर्ग जाने मार्गका रूपमा समेत व्याख्या गरिएको पाइन्छ। यी विषय तिब्बती धार्मिक पुस्तक तथा ग्रन्थहरूमा समेत उल्लेख भएको स्थानीय दाबी छ । स्थानीय सरकारको चासो र पर्यटन प्रवद्र्धनको सम्भावना वर्ष १२ वर्षपछि आयोजना भएको जगदुल्ला मेलामा स्थानीय सरकारले समेत भारी चासोका रुपमा लिएपछि थप महत्त्व बढेको छ । अध्यक्ष रोकायाले आगामी दिनमा विकासका कामलाई व्यवस्थित गर्दै जगदुल्ला क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई अगाडि बढाउने र आगामी १२ वर्षे मेलालाई अझ भव्य तथा व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे । जगदुल्ला : हाम्रो आस्था, संस्कृति र पहिचान १२ वर्षपछि सम्पन्न भएको जगदुल्ला तीर्थयात्रा तथा मेला एउटा धार्मिक कार्यक्रम मात्र थिएन। यो पुर्खादेखि हस्तान्तरण हुँदै आएको आस्था, हिमाली संस्कृति, स्थानीय परम्परा, गुरु–लामाप्रतिको श्रद्धा र पुस्तौँदेखि जीवित रहेका लोकविश्वासलाई पुनः एकै ठाउँमा जोड्ने अवसरको रुपमा लिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
ताजा खबरJust now

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

• दशैंको समयमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवनले घाँटीमा जलन, एसिड रिफ्लक्स र निल्नमा असहजता हुन सक्छ, त्यसैले खानपानमा सावधानी अपनाउन चिकित्सकको सुझाव छ। • मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्छ, जसले निल्न र सास फेर्नमा कठिनाइ पैदा गर्न सक्छ। • अड्किएको वस्तु निकाल्नको लागि चिकित्सकको सहायता लिनु आवश्यक छ, र आफैले निकाल्ने ...

नेपालबहस
एनपीएलका लागि एक्सट्रीमले सार्वजनिक गर्‍याे सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान
ताजा खबरJust now

एनपीएलका लागि एक्सट्रीमले सार्वजनिक गर्‍याे सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन भन्दै एक्सट्रीम इनर्जीले सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान सार्वजनिक गरेको छ। क्रिकेटप्रेमीहरूमाझ खेलप्रतिको उत्साह... ...

रातोपाटी
देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा
ताजा खबरJust now

देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा

काठमाडौं । आईसीसी विश्व क्रिकेट ’लिग टु’को वर्तमान साइकलअन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेलमा रोहित पौडेलले पनि अर्धशतक प्रहार गरेका छन् । यसअघि देव खनाल र दीपेन्द्र सिंह ऐरीले ५० रनको आँकडा पूरा गरेका थिए । रोहितले ५० रन पूरा गर्न ६१ बल खर्चिए । यसअघि दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्काको मद्तले ५० रनको आँकडा पूरा गरेका थिए ।घरेलु ...

कर्पोरट खबर
टाइगर श्राफलाई गोली प्रहार : नेपाल भाग्नै लाग्दा ३ जना पक्राउ
ताजा खबरJust now

टाइगर श्राफलाई गोली प्रहार : नेपाल भाग्नै लाग्दा ३ जना पक्राउ

बलिउड अभिनेता टाइगर श्राफलाई मार्ने उद्देश्यले गोली चलाएको आरोपमा भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार ३ जनालाई पक्रेको छ।  आइतबार अभिनेता टाइगर सवार कारमा ३ जनाले गोली प्रहार गरेका थिए। कार चालक घाइते भए पनि टाइगर बच्न सफल भए। यद्यपि बारुद र कारको सिसा फुटेर लाग्दा उनको बायाँ हातमा चोट लागेको छ।  सोही घटनामा संलग्न आरोपमा&n... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play