Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा

देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा

काठमाडौं । आईसीसी विश्व क्रिकेट ’लिग टु’को वर्तमान साइकलअन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेलमा रोहित पौडेलले पनि अर्धशतक प्रहार गरेका छन् । यसअघि देव खनाल र दीपेन्द्र सिंह ऐरीले ५० रनको आँकडा पूरा गरेका थिए । रोहितले ५० रन पूरा गर्न ६१ बल खर्चिए । यसअघि दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्काको मद्तले ५० रनको आँकडा पूरा गरेका थिए ।घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर देव खनालले पनि ६० बलमा ३ चौका र १ छक्काको मद्दतले ५० रनको आँकडा पूरा गरेका थिए । खनाल ५७ रन बनाएर आउट भए । आसिफ शेख १३ बलमा ७ र इशान पाण्डे ६० बलमा २९ रन बनाएर आउट भएका थिए । यो समाचार तयार पार्दासम्म ४२ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर २०५ रन जोडेको छ । यो खेल जित्न सके नेपालले प्रतियोगिता छैटौं स्थानमा टुंग्याउने छ भने अन्यथा अंक तालिकामा माथि उक्लिन सक्ने छैन । आईसीसीले आधिकारिक रूपमा केही नभने पनि नेपालको यो खेललाई एकदिवसीय मान्यतासँग जोडेर समेत हेरिएको छ । The post देव र दीपेन्द्रपछि रोहित पौडेलले पनि पूरा गरे ५० रनको आँकडा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

कोप–३१ मा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने नेपालको तयारी
ताजा खबरJust now

कोप–३१ मा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने नेपालको तयारी

जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई मुख्य प्राथमिकताका साथ उठाउने भएको छ। ...

हाम्राकुरा
बिरामी बोक्ने एम्बुलेन्समै साढे पाँच क्विन्टल गाँजा बरामद, चालक फरार
ताजा खबरJust now

बिरामी बोक्ने एम्बुलेन्समै साढे पाँच क्विन्टल गाँजा बरामद, चालक फरार

काठमाडौं । सुनसरीमा बिरामी बोक्ने एम्बुलेन्सबाटै ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा फेला पारेको एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको थियो । तर, त्यसको वास्तविक सञ्चालक को हो र गाँजा कहाँबाट ल्याइएको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार ...

केन्द्रबिन्दु
हिन्दी सिनेमामा हिट र फ्लपको हिसाब कसरी गरिन्छ ?
ताजा खबरJust now

हिन्दी सिनेमामा हिट र फ्लपको हिसाब कसरी गरिन्छ ?

काठमाडाैँ। वर्ष २०२५ भारतीय चलचित्र उद्योगका लागि निकै सफल रह्यो । देशभरका चलचित्रले बक्स अफिसमा कुल १३ हजार ३९५ करोड भारुभन्दा बढीको कारोबार गरे । कोभिड–१९ महामारीपछि सुस्ताएको चलचित्र उद्योगले फेरि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play