Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

११ जना फरार प्रतिवादी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
११ जना फरार प्रतिवादी पक्राउ
Photo / Coverage: नेपालन्युज

पर्सा।प्रहरीले ११ जना फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएको फैसलाबमोजिम विभिन्न मुद्दामा लगत लागेका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। यसैगरी, प्रहरीले मोटरसाइकल चोरी कार्यमा सलंग्न एक जना व्यक्ति पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सिसीको रातो कालो रङ्गको पल्सर मोटरसाइकल बरामद गरिएको हो। वीरगञ्ज महानगरपालिका–१६ लिङ्करोडस्थित सडकखण्डको छेउमा पार्किङ गरी राखेको अवस्थामा लक तोडी डो¥याउँदै भाग्दै गरेको अवस्थामा राकेश चौधरीलाई प्रहरीले पक्राऊ गरेको हो। जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ लिङ्करोडबाट उक्त नम्बरको मोटरसाइकलसहित बारा जिल्ला निजगढ नगरपालिका–११ बस्ने वर्ष २७ को चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन
Latest NewsJust now

त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुन लागेको भन्दै कार्यकर्तामा त्रास सिर्जना गरेर नेतृत्व लिने सपना नदेख्न चेतावनी दिएका छन्।बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टी सकियो, अब पार्टी बन्दैन र खतम भयो भन्ने भ्रम फैलाएर कार्यकर्ताको मनोबल गिराउने प्रयास नगर्न चेतावनी दिएका छन् । कार्यकर्तालाई आतङ्कित ...

टक्सार
मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौँ, कात्तिक १८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा ने... ...

गोरखापत्र
बाघको आक्रमणबाट महतोको मृत्यु
Latest NewsJust now

बाघको आक्रमणबाट महतोको मृत्यु

चितवन।बाघको आक्रमणबाट चितवनमा ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न गएका थिए। सोही क्रममा बाघले आक्रमण गरी उनलाई लगेको थियो। महतोसँगै गएका साथीले इलाका ...

नेपालन्युज
सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच
Latest NewsJust now

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच

सेयरबजारमा सामान्य वृद्धि देखिएको छ।  बजार परिसूचक नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको हो।  यस दिन ७ अर्ब ४३ करोडको कारोबार भएको छ। २ करोड १२ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको  नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  यस दिन ९८ वटा सेयर बढ्दा १७१ वटा घटेका र ९ वटा स्थिर छन्।  बुधबार नेपाल पुनर्बीमा कम्पनीको... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play