हुम्लामा तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने हर्क साम्पाङको प्रतिबद्धता

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् । अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए । यसक्रममा उनले भने,“राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ ।” नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनले बताए । सो अवसरमा उनले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता समेत जनाए । सांसद साम्पाङ को यहाँको भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणसँग जोडिएको बताइएको छ । उक्त स्थानमा स्थानीय नागरिक जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थाबाट काम अघि बढ्ने प्रक्रिया तय भइसकेको छ । यस्तो अवस्थामा पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवाको अभावले नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सलिको गल्फ प्रतियोगिता शनिबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्। ...

क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग
क्युबाको भविष्य र भाग्यको फैसला गर्ने अधिकार त्यहाँका जनतालाई मात्रै छ । कसैलाई पनि अन्य देशमाथि प्रतिबन्ध लगाउने, उनीहरुका इच्छा र विकासको बाटो रोक्ने अधिकार छैन : चीन ...

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
पोखरा । पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबाट स्कुटरमा सवार पोखरा... ...

स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म
स्याङ्जा।पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो। अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन्। जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम ...


