Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

11/1/2026, 7:27:40 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो गाउँपालिकामा भ्रमणको लागि गएका ६ भारतीय पर्यटक अत्यधिक हिमपातपछि सम्पर्कविहीन भएका छन् । दुई महिला र चार पुरुषसहित ६ जना भारतीय पर्यटक उच्च हिमाली क्षेत्रका पासमा सम्पर्कविहीन भएका हुन् । शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् । स्थानीयले दिएको सूचनापछि उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ । तर, लगातारको हिमपात र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । उनीहरू सुरक्षित स्थानमा छन् वा हिमपातका कारण बाटोमै रोकिएका हुन् भन्नेबारे यकिन विवरण प्राप्त हुन सकेको छैन । हिमपातले खोजी तथा उद्धारमा चुनौती डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबारदेखि हिमपात भइरहेको छ । शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो डोल्पामा वर्षा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लगातारको हिमपातले उच्च क्षेत्रका पदमार्ग र आवागमन प्रभावित भएको छ । नुमला र वागला पासजस्ता उच्च हिमाली क्षेत्रमा हिउँ जम्दा आवतजावत कठिन हुने भएकाले पर्यटकको अवस्थाबारे जानकारी लिन र उद्धार टोली परिचालन गर्न चुनौती थपिएको छ । पहिल्यै जारी गरिएको थियो पदयात्रामा रोक मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले माथिल्लो डोल्पामा पदयात्रामा रोक लगाएको थियो । प्रशासनले कात्तिक १२ गतेदेखि उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गर्दै जोखिमपूर्ण स्थानमा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा बस्न भनेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा २४४ जना पर्यटक पुगेका थिए । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक थिए । सम्भावित हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह गरेको थियो । पर्यटक तथा पदयात्रा व्यवसायीलाई प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न पनि भनिएको थियो । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उच्च क्षेत्रमा पुगिसकेका पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्ने र आवश्यक परे उद्धार तथा राहतका लागि तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय गरेर उद्धार तथा राहतको तयारी अघि बढाएको जनाएको छ । फोक्सुन्डो ताल डोल्पाको प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि करिब तीन हजार ६ सय मिटर भन्दा माथि रहेको फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्य र हिमाली पदयात्राका कारण स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणमा पर्दै आएको छ । तर, उच्च हिमाली क्षेत्रमा मौसम एक्कासि परिवर्तन हुने र हिमपातले पदमार्ग अवरुद्ध पार्न सक्ने भएकाले पदयात्रा जोखिमपूर्ण बन्ने गरेको छ । सम्पर्कविहीन भएका ६ भारतीय पर्यटकको खोजी तथा उद्धारका लागि थप विवरण संकलन भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक
OthersJust now

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक

रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ। ...

अनलाइन खबर
तमोरको बगरमा ड्रागन फलको हरियाली (तस्वीरहरू)
OthersJust now

तमोरको बगरमा ड्रागन फलको हरियाली (तस्वीरहरू)

१३ कात्तिक, धनकुटा । नेपालका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो छ भने परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी गर्न सकेका छैनन् । जमिनको प्रकृति, सिँचाइ अभाव र बजारको चुनौतीका कारण कतिपय स्थानमा खेतीप्रतिको आकर्षणसमेत घट्दै गएको छ । तर, उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्न सके कम उत्पादन दिने जमिनबाट पनि राम्रो… ...

अनलाइन खबर
फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी
OthersJust now

फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए । फ्रान्सको ...

पर्दाफास
आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने
OthersJust now

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

१५ कात्तिक, काठमाडौं । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play