Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Business/हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

सुर्खेत । डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो गाउँपालिकामा भ्रमणको लागि गएका ६ भारतीय पर्यटक अत्यधिक हिमपातपछि सम्पर्कविहीन भएका छन् । दुई महिला र चार पुरुषसहित ६ जना भारतीय पर्यटक उच्च हिमाली क्षेत्रका पासमा सम्पर्कविहीन भएका हुन् ।

शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् ।

स्थानीयले दिएको सूचनापछि उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ । तर, लगातारको हिमपात र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । उनीहरू सुरक्षित स्थानमा छन् वा हिमपातका कारण बाटोमै रोकिएका हुन् भन्नेबारे यकिन विवरण प्राप्त हुन सकेको छैन ।

हिमपातले खोजी तथा उद्धारमा चुनौती

डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबारदेखि हिमपात भइरहेको छ । शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो डोल्पामा वर्षा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लगातारको हिमपातले उच्च क्षेत्रका पदमार्ग र आवागमन प्रभावित भएको छ । नुमला र वागला पासजस्ता उच्च हिमाली क्षेत्रमा हिउँ जम्दा आवतजावत कठिन हुने भएकाले पर्यटकको अवस्थाबारे जानकारी लिन र उद्धार टोली परिचालन गर्न चुनौती थपिएको छ ।

पहिल्यै जारी गरिएको थियो पदयात्रामा रोक

मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले माथिल्लो डोल्पामा पदयात्रामा रोक लगाएको थियो । प्रशासनले कात्तिक १२ गतेदेखि उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गर्दै जोखिमपूर्ण स्थानमा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा बस्न भनेको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा २४४ जना पर्यटक पुगेका थिए । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक थिए ।

सम्भावित हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह गरेको थियो । पर्यटक तथा पदयात्रा व्यवसायीलाई प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न पनि भनिएको थियो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उच्च क्षेत्रमा पुगिसकेका पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्ने र आवश्यक परे उद्धार तथा राहतका लागि तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय गरेर उद्धार तथा राहतको तयारी अघि बढाएको जनाएको छ ।

फोक्सुन्डो ताल डोल्पाको प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि करिब तीन हजार ६ सय मिटर भन्दा माथि रहेको फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्य र हिमाली पदयात्राका कारण स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणमा पर्दै आएको छ । तर, उच्च हिमाली क्षेत्रमा मौसम एक्कासि परिवर्तन हुने र हिमपातले पदमार्ग अवरुद्ध पार्न सक्ने भएकाले पदयात्रा जोखिमपूर्ण बन्ने गरेको छ ।

सम्पर्कविहीन भएका ६ भारतीय पर्यटकको खोजी तथा उद्धारका लागि थप विवरण संकलन भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

आज कति छ विदेशी मुद्राको विनिमयदर ?
अर्थतन्त्रJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
कर्जा विस्तार सुस्त, ब्याज आम्दानीमा दबाब :  प्रोभिजनिङ घट्दा बैंकहरुको नाफा ४५ प्रतिशतले  बढ्यो
अर्थतन्त्रJust now

कर्जा विस्तार सुस्त, ब्याज आम्दानीमा दबाब : प्रोभिजनिङ घट्दा बैंकहरुको नाफा ४५ प्रतिशतले बढ्यो

काठमाडौं । कर्जा लगानी अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूको ब्याज आम्दानीमा दबाब देखिए पनि कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) घट्नु र निक्षेपको लागत कम हुनुले वाणिज्य बैंकहरूको नाफा बढाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकको कुल खुद नाफा ४५.६ प्रतिशत बढेर १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा … ...

आर्थिक न्यूज
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट अब खेत-खेतमा पानी सिँचाइ
अर्थतन्त्रJust now

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट अब खेत-खेतमा पानी सिँचाइ

काठमाण्डु – राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पु¥याएको हो । सिक्टा आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका ४ वटा […] ...

काठमाण्डुपाटी
आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोगमा शुल्क, कुन सवारीले कति तिर्नुपर्छ ?
अर्थतन्त्रJust now

आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोगमा शुल्क, कुन सवारीले कति तिर्नुपर्छ ?

काठमाडौं– नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर ९टोल शुल्क० संकलन सुरु हुने भएको छ। सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको जनाएको छ। सडक बोर्ड ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play