Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

हिजो पूर्वाधार विकासमा जोड दियौँ, अब सामाजिक र अर्थतन्त्रको विकासमा लाग्छौँ : शंकर पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिजो पूर्वाधार विकासमा जोड दियौँ, अब सामाजिक र अर्थतन्त्रको विकासमा लाग्छौँ : शंकर पोखरेल
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २० । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको इतिहास, पहिचान र मौलिकता सुरक्षित राख्न संस्कार तथा संस्कृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ। लमजुङको घलेगाउँमा आयोजित समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरण तथा साझा संकल्पसम्बन्धी विचार–विमर्श कार्यक्रममा सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालको प्रयोगले नेपाली मौलिक संस्कृति, भाषा, रीतिरिवाज तथा परम्परामाथि नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। उहाँले पश्चिमी संस्कृतिको अन्धानुकरण गर्ने र आफूलाई पश्चिमाकरण गर्ने होडबाजी रोक्नुपर्नेमा जोड दिनुभयो। ‘अन्ध नक्कल गर्ने र आफूलाई पश्चिमाकरण गर्ने होडबाजीलाई रोक्नुपर्दछ’, उहाँले भन्नुभयो। नेपाल विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको समिश्रणबाट बनेको समाज भएको उल्लेख गर्दै महासचिव पोखरेलले मौलिक पहिचान जोगाउन सबै सचेत हुनुपर्ने बताउनुभयो। समय र परिस्थितिअनुसार आउने हरेक प्रभावलाई विचार नगरी पछ्याउँदा नेपाली मौलिकता नै समाप्त हुन सक्ने उहाँको भनाइ थियो। सूचना प्रविधि र सामाजिक सञ्जाललाई नेपाली भाषा, संस्कृति, सामाजिक एकता तथा सामर्थ्य उजागर गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो। पश्चिमी संस्कृतिको अन्धानुकरण र सामाजिक सञ्जालमा देखिने प्रवृत्तिको होडबाजीबाट समाजलाई जोगाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो। महासचिव पोखरेलले नयाँ र पुरानो पुस्ताबीच विभाजन सिर्जना गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। नयाँ पुस्ताले मात्र सबै कुरा बुझ्ने र अभिभावक, शिक्षक तथा समाजका अगुवाले नयाँ पुस्ताको आवश्यकता बुझ्न नसक्ने भाष्य निर्माण गरेर पुस्ताबीच दूरी बढाउन खोजिएको उहाँको भनाइ थियो। जनताको वर्तमान असन्तुष्टि सम्बोधन गर्ने र अपेक्षा पूरा गर्ने सामर्थ्य नेकपा एमालेसँग रहेको दाबी गर्दै उहाँले पार्टीले आगामी दिनमा सामाजिक विकास र अर्थतन्त्रको विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो। हिजो एमालेले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै अब सामाजिक तथा आर्थिक विकासमा केन्द्रित हुने उहाँले स्पष्ट पार्नुभयो। ‘हिजो हामीले पूर्वाधार विकासमा जोड दियौँ, अब हामी सामाजिक र अर्थतन्त्रको विकासमा लाग्छौँ‘, उहाँले भन्नुभयो। समाजलाई विभाजित र कमजोर बनाउने लोकप्रियतावाद, अराजकतावाद तथा अवसरवादका प्रवृत्तिबाट सचेत रहनुपर्ने पनि महासचिव पोखरेलले बताउनुभयो। यस्ता प्रवृत्तिले सामाजिक एकता र सामूहिक भावनामा असर पार्न सक्ने उहाँको भनाइ थियो। घलेगाउँले सामूहिकताको उत्कृष्ट नमुना प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले सामूहिकता नै विकासको आधार भएको बताउनुभयो। सामूहिक प्रयास, एकता र साझा संकल्पबाट मात्रै समाजको दिगो विकास सम्भव हुने उहाँको धारणा थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने
PoliticsJust now

महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन केन्द्रित गतिविधिमा होमिएको छ। महाधिवेशन प्रतिनिधि छनोट १० गतेभित्र भइसक्ने पार्टीले जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले दिएको जानकारीअनुसार कार्तिक ३० गतेभित्रमा पार्टी सदस्यको अन्तिम नामावली सार्वजनिक गरिने भएको छ। छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली भने १२ गतेसम्ममा प्रकाशन गरिसक्ने कार्यतालिका रहेको बताइएको छ। राष्ट्रिय प्रजातन्त्र […] ...

काठमाण्डुपाटी
लुगा सुकाउने क्लिप झुन्ड्याएर कुकुरले बनायो विश्व कीर्तिमान
PoliticsJust now

लुगा सुकाउने क्लिप झुन्ड्याएर कुकुरले बनायो विश्व कीर्तिमान

कुकुरले घरको सुरक्षा गर्ने, मानिसलाई सहयोग गर्ने र विभिन्न कला देखाउने कुरा नौलो होइन । तर, अमेरिकामा एउटा कुकुरले लुगा सुकाउने क्लिप डोरीमा झुन्ड्याएरै विश्व कीर्तिमान बनाएको छ । अमेरिकाको मिसौरी राज्यस्थित कान्सास सिटीमा ‘जाभा’ नामकी पाँच वर्षीया कुकुरले एक मिनेटमा आठवटा क्लिप डोरीमा झुन्ड्याएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी हो । कालो ल्याब्राडोर जातकी जाभाले आफ्नो मुखले क्लिप समातेर डोरीमा लगाएकी ...

फरकधार
म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने
PoliticsJust now

म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन पुगेर वडा सदस्य र वडाध्यक्ष हुन आवेदन नपरेको विषयमा खुलस्त प्रस्तुत भएका छन् । पार्टीको क्यान्डिडेट क्लब खुलिरहेका बेला वडा सदस्य र वडाध्यक्ष हुन निवेदन नपरेको उद्धृत गर्दै सभापति लामिछानेले एकैचोटि सांसद र मन्त्री हुने भए वडा चाहिँ कसले सम्हाल्छ भन्दै कटाक्ष गरेका छन् । […] ...

काठमाण्डुपाटी
कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
PoliticsJust now

कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।  जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play