Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

हिउँदका लागि याक–चौंरी बेंसी झारिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिउँदका लागि याक–चौंरी बेंसी झारिँदै
Photo / Coverage: नेपालन्युज

मुस्ताङ।चिसोबाट जोगाउन मुस्ताङको उच्च लेकबाट याक-चौंरीका बथान बेंसी झारिएको छ। समुन्द्री सतहको चार हजारदेखि पाँच हजार मिटरसम्मको उचाइमा घुम्ती गोठ खडा गरी पालिएका याक-चौंरी हिउँद याममा हिमपात र चिसोको जोखिम हुने भएकाले सुरक्षित स्थानमा स्थान्तरण गरिएको हो। वर्षामा वैशाखदेखि असोज महिनासम्म उच्चलेकमा र हिउँद याममा कात्तिकदेखि चैत महिनासम्म उच्च लेकका याक–चौंरी बस्ती नजिक सारिने चलन छ। हिउँद यामको मौसममा पाटन र खर्कमा हिमपात र चिसोको जोखिम हुने भएकाले त्यहाँ व्यवस्थापन गरिएका याक–चौंरी बस्ती छेउ स्थानान्तरण गर्ने गरिएको याक–चौंरी कृषक महासंघ नेपालका केन्द्रीय महासचिव सोजन हिराचनले जानकारी दिए। हिउँद यामको जाडो मौसममा हिमपात र चिसोको जोखिम मात्रै नभई उच्चलेकका चरन क्षेत्रमा घाँसको अभाव हुने, आहारा व्यवस्थापनमा कठिनाइ हुने, खानेपानीको समस्या हुने, याक–चौंरी रेखदेख र याक–चौंरी हेर्न खटिएका गोठालाको दैनिकी कष्टकर हुने लगायतका कारण उच्च लेकका याक–चौंरी हिउँद यामको पाँच महिना बस्ती नजिक सार्ने गरिएको हो। मुस्ताङको थासाङ गाउँपालिकामा २७ बढी घरधुरीले करिब एक हजार ५०० बढी याक–चौंरीपालन व्यवसाय गरेका छन्। त्यहाँका पालकहरुले वर्षामा गर्मी मौसममा नीलगिरि हिमालको फेद नजिकैको मार्चे लेक, धौलागिरि आइसफल र बतासे लेक नजिकको उच्च लेक, पाटन र खर्कमा घुम्ती गोठ व्यवस्था गरी याक–चौंरीपालन गर्दै आइरहेका छन्। यसरी पालन गरिएका याक–चौंरी हिउँद याम सुरु भइसकेकाले बस्ती नजिक झार्ने क्रम सुरु भइसकेको हो। थासाङ गाउँपालिका–१, टकुचेमा तीन घरधुरीले करिब २५० वटा याक–चौंरी पालेका छन्। थासाङ-२ को सौरु, सिर्खुम, नाकुम, कोवाङ, लार्जुङ, नाउरिकोट, घट्टे खोला, छाक्ताङ र नाउरिकोट लगायतका गाउँमा करिब २० घरधुरीले हजार बढी याक–चौंरी पालेका छन्। यसैगरी, थासाङ—४ को झिप्रा देउरालीमा दुई घरधुरीले ८० बढी याक–चौंरी पालन व्यवसाय गरेका छन् भने थासाङ-५ ताक्लुङमा दुई घरधुरीले १३० बढी याक–चौंरीपालन व्यवसाय अपनाएको याक–चौंरी कृषक महासंघ नेपालका महासचिव हिराचनले जानकारी दिए। हिमाली जिल्ला मुस्ताङका पाँचै स्थानीय तहमा गरी ६७ वटाभन्दा बढी गोठमा करिब पाँच हजारभन्दा बढी याक–चौंरी व्यवसायिक रुपमा पालन भइरहेको महासचिव हिराचनले उल्लेख गरे। उनका अनुसार थासाङ बाहेक घरपझोङ गाउँपालिका—४ जोमसोममा तीन गोठ, घरपझोङ-३ स्याङमा दुई गोठ र घरपझोङ-२ मार्फामा दुई गोठमा गरी करिव ७०० बढी याक–चौंरीपालन गरिएको छ। वारागुङ मुक्तिक्षेत्रमा ३०० बढी याक–चौंरी रहेका छन् भने लोमान्थाङ गाउँपालिकामा एक हजार ५०० बढी याक–चौंरी पालन भइरहेको महासचिव हिराचनको भनाइ छ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई घरधुरीले करिव ४०० बढी याक–चौंरीपालन गरेको उनले बताए। हिमाली जिल्ला मुस्ताङमा सदियौं वर्षदेखि परम्परागत रुपमा याक–चौंरीपालन हुँदै आएको छ। यहाँका किसानले याक चौंरी पालन व्यवसायबाट चित्तबुझ्दो आम्दानी लिनसक्ने अवस्था रहे पनि याक चौंरीपालन व्यवसाय जोखिम र चुनौतीपूर्ण बन्दै गएको छ। अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङका उच्चलेक, पाटन र खर्कमा हिमचितुवा, चितुवा र ब्वाँसो लगायतका वन्यजन्तुको आक्रमणबाट याक चौरी क्षति हुने घटनाले यहाँका पशुपालन किसान चिन्तित छन्। जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकको चरनक्षेत्रमा घाँस पलाउन कम हुनु र अनधिकृत घाँस पलाउँदा याक चौंरीको चरनक्षेत्र खुम्चिन थालेको कृषि तथा पशु विकास प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए। मुस्ताङमा बेमौसमी वर्षा, खानेपानी मुहान सुक्दै जानु र हिमपाहिरोको उच्च जोखिम हुने भएकाले परम्परागत याक चौंरीपालन व्यवसायी चुनौतिपूर्ण बन्दै गइरहेको प्रमुख डा. अर्यालको भनाइ छ। पछिल्लो समय याक चौंरीपालन व्यवसाय चुनौतीपूर्ण बन्दै गइरहे पनि सरकारी अनुदान र प्रोत्साहनका कारण पशुपालक किसानको संख्या भने वृद्धि हुन थालेको छ। कृषि तथा पशु विकास शाखा र स्थानीय तहका पशु शाखाबाट याक चौंरी खरिदमा अनुदान, पूर्वाधार निर्माण आहारा व्यवस्थापन र प्राविधिक सहयोगका कारण याक चौंरीपालन किसान उत्साहित बनेका हुन्। पछिल्लो समय सरकारबाट याक चौंरीपालन गर्ने किसानलाई बीमामा आवद्ध गराई ८० प्रतिशतसम्म बीमा सहुलियत प्रदान गरिएपछि पशुपालकहरुलाई ठूलो राहत पुगेको घरपझोङका याकचौरी पालक पेम्मा गुरुङले जानकारी दिए। याक चौंरीपालनबाट दूध, दही, घ्यु, छुर्पी लगायतका परिकार बनाएर किसानले मुनाफा कमाइरहेका छन्। पालन गरिएका याक वयस्क भएपछि मासुको प्रयोजनमा समेत बिक्री हुन्छ भने याक चौंरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ। मुस्ताङको थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिकामा बर्सेनि साउन र वैशाख महिनामा याक चौंरीको आलो रगत निकालेर बिक्री गर्ने गरिन्छ। किसानले याक चौंरीको रगत बिक्री गरी दोहोर फाइदा लिने गरेका छन्। हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएका याकको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक मानिन्छ। उच्च लेकमा वन्य जडीबुटी सेवन गर्ने भएकाले याकको मासु खानाले स्वास्थ्यलाई फाइदा पुग्ने जनविश्वास छ। मुस्ताङमा वयस्क याकको मूल्य एक लाख ५० हजार पर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए
Latest NewsJust now

बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटेर बनाइएका सात वटा संरचना बुधबार र बिहीबार डोजर... ...

रातोपाटी
आईजीपीमा पुनरबहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाई हुने, बिहीबार भएन दर्ता
Latest NewsJust now

आईजीपीमा पुनरबहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाई हुने, बिहीबार भएन दर्ता

सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गर्दै दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ।  बिहीबार बिहान साढे १० बजे नै अदालतमा पेस गरेको रिट अदालत प्रशासनले बिहीबार दर्ता नगरी अध्ययनकै क्रममा रहेको जनाएको हो। दर्ता हुने वा नहुने शुक्रबार मात्रै टुंगो लाग्ने भएकाले तिहार अघि स... ...

नेपालखबर
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा
Latest NewsJust now

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्। ...

कान्तिपुर
फूलखेतीमा तस्करीको छाया
Latest NewsJust now

फूलखेतीमा तस्करीको छाया

विराटनगर। मोरङको कटहरी-४, नयाँ बजारका रामकुमार राजवंशीलाई यतिबेला सयपत्री फूल टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ। चार बिघा जमिनमा लगाएको फूल टिप्न दैनिक २० देखि २५ जना कामदार खटिएका छन्। बिहानदेखि साँझसम्म बारीमा फूल टिप्ने र रातिसम्म धागोमा उनेर माला बनाउने काम चल्छ। टिपिएका फूल र तयार माला तिहारको बजारलाई लक्षित गर्दै शीतभण्डारमा राख्ने गरिएको छ। चार बिघा जमिनमा फूलखेती गर्न ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play