Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेको अभियोगमा पक्राउ

10/17/2026, 8:06:43 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धान खेतमा हात्तीलाई मारेर गाडेको भेटेका हुन् । हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपेको भेटेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए । गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोष्टमार्टम भइरहेको छ । हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । हात्ती मरेको कारणबारे तत्काल खुल्न नसकेको र अनुसन्धान भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई उद्धृत गर्दै डिभिजन प्रमुख ठाकुरले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते
OthersJust now

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते

३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८… ...

अनलाइन खबर
दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)
OthersJust now

दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)

दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् । ...

अनलाइन खबर
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश
OthersJust now

तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश

काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई–मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए । पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play