Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश

तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश

10/17/2026, 9:46:53 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश

काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई–मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए । पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना गरिएको ठाउँमा जमरा उमार्ने, पूजा गर्ने र सामूहिक रूपमा पर्व मनाउने परम्परा रहेको राकेशले बताए । ‘पहाडमा जस्तो गोर्खा वा अन्य ठाउँबाट फूलपाती ल्याएर भित्र्याउने प्रचलन तराई–मधेशमा छैन । त्यहाँ आफ्नो घरमा वा देवीको प्रतिमा स्थापना गरिएको स्थानमा जमरा उमार्ने चलन छ,’ उनले भने । राकेशका अनुसार तराई–मधेशमा दुर्गाको प्रतिमा स्थापना गरिएका स्थानमा मेला लाग्ने गर्छ । दिनभरि श्रद्धालुहरू मेलामा सहभागी हुने र राति भजनकीर्तन तथा रामलीलाजस्ता धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा छ । दुर्गापूजा र सामूहिक धार्मिक गतिविधि त्यहाँको दशैँको सांस्कृतिक विशेषता भएको उनले बताए । मैथिली संस्कृतिमा जमराको पनि विशेष महत्व रहेको राकेशको भनाइ छ । जमरा उमार्ने परम्परा परिवारका सदस्य, विशेषगरी आफूभन्दा साना व्यक्तिलाई आशीर्वाद दिने सांस्कृतिक अभ्याससँग जोडिएको उनले बताए । पहिले तराई–मधेशका कतिपय स्थानमा ब्राह्मणहरू घरघरमा पुगेर जमरा लगाइदिने र आशीर्वाद दिने चलन रहेको उनले स्मरण गरे । तर अहिले यस परम्परामा ब्राह्मणहरूको सहभागिता घट्दै गएको उनको भनाइ छ । राकेशका अनुसार पहाड र तराई–मधेशमा दशैँ मनाउने विधि फरक भए पनि देवीपूजा, पारिवारिक सम्बन्ध र धार्मिक आस्थाको महत्व दुवै क्षेत्रमा समान छ । फूलपाती मनाउने फरक शैलीलाई पनि उनले आ–आफ्नो संस्कृतिको विशेषताका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार दशैँका यस्ता परम्पराले नेपाली समाजको सांस्कृतिक विविधता झल्काउँछन् । क्षेत्रअनुसार पर्व मनाउने विधि फरक भए पनि त्यसको मूल भावना धार्मिक आस्था, पारिवारिक एकता र सामाजिक सद्भावसँग जोडिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

क्यानडाविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै
OthersJust now

क्यानडाविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको… ...

अनलाइन खबर
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न निर्देशन
OthersJust now

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न निर्देशन

३१ असोज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा… ...

अनलाइन खबर
दशैंको शुभकामना दिदैँ बालेनले भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ
OthersJust now

दशैंको शुभकामना दिदैँ बालेनले भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ

प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्को पीडा, युवाहरू विदेशिनुपर्ने बाध्यता, आर्थिक अवस्था र सुशासनको विषयमा चर्चा गरेका छन् । विगतका भूकम्प, महामारी तथा आन्दोलनपछिका असहज परिस्थितिको स्मरण गर्दै उनले यस वर्षको विपद्प्रति गहिरो दुःख व्यक्त गरे । उनले भने, ...

पर्दाफास
चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन नदिन रास्वपाको अपिल
OthersJust now

चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन नदिन रास्वपाको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ । पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । विज्ञप्तिमा महामन्त्री आचार्यले भनेका छन्, ‘दशैंको आशिष, तिहारको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play