स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

वासिङटन।अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो। मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता हुने निश्चित नभएको र टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरे। स्पेसएक्सको आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ। एआई सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताले नाफा बढाउन योगदान पुर्याएको कम्पनीले जनाएको छ। एआई एकाइको आम्दानी नौ गुणा बढेर सात अर्ब ६० करोड डलर पुगेको छ। कम्पनीले एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ। मस्कले सन् २०२७ मा थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका छन्। यसैबीच, स्टारलिङ्कको आम्दानी ६९ प्रतिशतले बढेर पाँच अर्ब २० करोड डलर पुगेको छ र ग्राहक संख्या एक करोड ३६ लाख पुगेको छ। स्पेसएक्सले मङ्गल अभियानका लागि महत्त्वपूर्ण मानिएको स्टारसिप रकेटबाट पहिलो आम्दानी दिने उडान समेत पूरा गरेको छ। उक्त उडानबाट २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा पुर्याइएको कम्पनीले जनाएको छ।–रासस/एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता- अशोकको ११ औँ जीत
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाएका छन्। सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले बडादसैँको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औँ पटक उपाधि जितेर इतिहास बनाएका हुन्। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी २२ जनामध्... ...

लेखनाथ न्यौपानेलाई प्रश्न : कहिल्यै जस नपाइने यो राजनीतिमा किन आउनुभयो ?
लेखनाथ न्यौपाने वौद्धिक र अध्ययनशील नेता मानिन्छन् । स्पष्ट विचार, मार्क्सवादी दर्शनमा गहिरो अध्ययन तथा सरल जीवन शैलीका कारण लोकप्रिय छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रहेका उनी... ...

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी
रबिन्द्र प्रताप गुप्ता रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत […] ...

नेपालगन्जमा हिन्दु–मुस्लिमले सँगै मनाए दसैँ, धार्मिक सद्भावको परम्परा कायम
काठमाडौं । नेपालगन्ज । धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायले एकअर्काका चाडपर्वमा सहभागी हुँदै आपसी सद्भाव र भाइचाराको सन्देश दिएका छन् । बडादसैँको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दसैँ मनाएका छन् । नेपालगन्जमा लामो समयदेखि दुवै समुदायले एकअर्काका चाडपर्व मिलेर मनाउँदै आएका छन् । मुस्लिम समुदायका अगुवाहरूले दसैँमा टीका ...


