नेपालगन्जमा हिन्दु–मुस्लिमले सँगै मनाए दसैँ, धार्मिक सद्भावको परम्परा कायम

काठमाडौं । नेपालगन्ज । धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायले एकअर्काका चाडपर्वमा सहभागी हुँदै आपसी सद्भाव र भाइचाराको सन्देश दिएका छन् । बडादसैँको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दसैँ मनाएका छन् । नेपालगन्जमा लामो समयदेखि दुवै समुदायले एकअर्काका चाडपर्व मिलेर मनाउँदै आएका छन् । मुस्लिम समुदायका अगुवाहरूले दसैँमा टीका तथा जमरा लगाउने र हिन्दु समुदायका सदस्यहरू मुस्लिमका चाडपर्वमा सहभागी हुने परम्पराले सामाजिक एकता बलियो बनाएको छ । स्थानीय मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दसैँ मनाएका छन् । उनले दसैँ, तिहार, रक्षाबन्धन र होलीलगायतका पर्व दुवै समुदाय मिलेर मनाउँदै आएको बताए । मुस्लिम समुदायका ईद, बकर इद, मोहर्रम र मोहम्मद डे जस्ता पर्वमा पनि हिन्दु समुदायका सदस्यलाई निमन्त्रणा गरेर सँगै खुसी साट्ने गरिएको उनको भनाइ छ । त्यस्तै, मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष तथा पूर्ववडाध्यक्ष सफिक नद्दाफले पनि हिन्दु समुदायका आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरेका छन् । उनले आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसमेत दिएका छन् । दुवै समुदायका चाडपर्वमा सहभागी हुने परम्पराले आपसी सम्बन्ध अझ प्रगाढ बनाएको नद्दाफले बताए । वर्षौंदेखि एकअर्काका पर्वमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले मिलेर चाडपर्व मनाउँदा छुट्टै खुसी मिल्ने बताए । यसैगरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र मुस्लिम अगुवा हाजी रहमान मियाँले पनि हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएका छन् । उनीहरूले सबै धर्म र समुदायका पर्वलाई सम्मान गर्दै मिलेर मनाउँदै आएको बताएका छन् । हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले पनि नेपालगन्जमा एकअर्काका चाडपर्वमा सहभागी हुने परम्परा प्रशंसनीय रहेको बताए । आफू मुस्लिम समुदायका पर्वमा उनीहरूको घरमै पुगेर सहभागी हुने गरेको उनको भनाइ छ । मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई दसैँको शुभकामना दिएका छन् । शारीरिक अस्वस्थताका कारण यसपटक प्रत्यक्ष भेट्न नसके पनि उनले बुधबार बिहानै फोनमार्फत शुभकामना व्यक्त गरेका हुन् । नेपालगन्जमा दुवै समुदायका धार्मिक अगुवाले समेत एकअर्काका पर्वमा सहभागी हुँदै आएका छन् । दसैँ, ईदलगायतका अवसरमा आपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने परम्पराले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेको छ । The post नेपालगन्जमा हिन्दु–मुस्लिमले सँगै मनाए दसैँ, धार्मिक सद्भावको परम्परा कायम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कुमारीको हातबाट सर्वसाधारणले लगाए विजयादशमीको टीका
एकान्त कुमारी (लुनिभा बज्राचार्य) को हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। ...

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ...

भोटेकोसी बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका-५ सुखारका केही परिवारका लागि यस वर्ष दसैँको खुसी आएन। भोटेकोसी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न ... ...

भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुइँचो
भक्तपुर । भक्तपुरका नेवार समुदायले विजयादशमीका दिन परम्परागत रूपमा मनाइने मोहनी नखः पर्व मनाएका छन् । यस अवसरमा उनीहरूले मान्यजनको हातबाट कालो टीका (मोहनी सिःनं), रातो टीका र जमरा ग्रहण गरेका छन् । नेवार समुदायमा मोहनी नखःको विशेष सांस्कृतिक र धार्मिक महत्त्व छ । नवदुर्गा भवानीको पूजा आराधनाका क्रममा महानवमीको दिन घरघरमा दियो बालेर त्यसबाट निस्किएको कालो ध्वाँसो सङ्कलन गरिन्छ । ...


