‘सेयर बजारमा १० लाखको सीमा प्रतिबन्ध होइन, लगानी गर्दा डराउनुपर्दैन’- मनोज ज्ञवाली

काठमाडौँ । पछिल्लो समय सेयर बजारमा १० लाखको सीमा ‘हट इस्यु’ बनेको छ । एक दिनमै १० लाख वा सो भन्दा बढीको सेयर कारोबार गर्दा अनिवार्य रुपमा कारोबारको प्रतिवेदन पठाउनुपर्ने भएपछि बजारमा यो व्यवस्थाको चर्चा व्यापक छ । अझ कतिपयले माहोल बन्दै गइरहेको बजारमा अनाश्यक रुपमा लगानीकर्ता तर्साउने काम भएको भन्दै सो व्यवस्थाको विरोधसमेत गरेका छन् । तर, बैंकर मनोज ज्ञवालीले उक्त व्यवस्थाका कारण सेयर बजारमा लगानी गर्दा डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले यो व्यवस्था नयाँ नभएर बैंक निक्षेपको हकमा वर्षौंदेखि रहेको र सेयर कारोबारको रिपोर्टिङ सम्बन्धमा पनि व्यवस्था पुरै नौलो नभएको बताएका छन् । त्यस्तै, १० लाखको सीमा आफैँमा प्रतिबन्ध नभएर यो लागू नियमानुसार कारोबारको प्रतिवेदन तथा निगरानीसँग सम्बन्धित हुनसक्ने ज्ञवालीले बताएका छन् । उनले गलत तरिकाले कमाएको सम्पत्तिमा निगरानी हुन्छ र हुनैपर्ने भन्दै नियमसंगतको कमाई लगानी गर्दा डराउनुनपर्ने बताएका छन् । यस्तो छ १० लाख वा सो भन्दा बढीको निक्षेप तथा सेयर कारोबार सम्बन्धमा ज्ञवालीको भनाई जस्ताको त्यस्तैः AML नियम: रु. १० लाख वा सोभन्दा बढीको निक्षेप तथा शेयर कारोबार सम्बन्धमाः नियम: -एक दिनमा एकैपटक वा पटक–पटक गरी रु. १० लाख वा सोभन्दा बढीको धितोपत्र खरिद वा बिक्री भएमा सम्बन्धित संस्थाले वित्तीय जानकारी इकाइ (FIU-Nepal) मा कारोबारको प्रतिवेदन पठाउनुपर्ने व्यवस्था गरिएको छ।कारोबार भएको १५ दिनभित्र Threshold Transaction Report (TTR) पठाउनुपर्छ। – यो व्यबस्था बैंक निक्षेपको हकमा बर्षौ देखि छ। शेयर कारोबारको reporting सम्बन्धमा पनि यो ब्यबस्था पुरै नौलो होईन। १. नियमको उद्देश्य – अवैध रूपमा आर्जित रकमलाई वैध देखाउने कार्य रोक्नु। -भ्रष्टाचार, ठगी, कर छली तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्नु। -बैंकिङ प्रणाली र शेयर बजारमा पारदर्शिता बढाउनु। २. शेयर कारोबारमा : – रु. १० लाख वा सोभन्दा बढीको कारोबारमा लागू हुन्छ। -सम्बन्धित संस्थाले आवश्यक कारोबार विवरण FIU-Nepal मा पठाउनुपर्ने हुन्छ। -कारोबारको रकमको स्रोत, ग्राहकको पहिचान र लगानीको उद्देश्य स्पष्ट हुनुपर्छ। – रु. १० लाख वा बढी निक्षेप हुँदैमा स्वतः अवैध वा शंकास्पद मानिँदैन। – कारोबारको प्रकृति र जोखिमका आधारमा रकमको स्रोतसम्बन्धी कागजात मागीन सक्छ। ३. प्रभाव – वित्तीय अपराध नियन्त्रणमा सहयोग। – पारदर्शिता र जवाफदेहिता वृद्धि। – वित्तीय प्रणालीप्रति विश्वास अभिवृद्धि। – नेपाललाई FATF को Grey list बाट निस्किन सहयोग। -ग्राहकलाई थप कागजात जुटाउनुपर्ने हुनसक्छ। -ब्रोकरको अनुपालन लागत बढ्न सक्ने। – अनावश्यक डरले वैध लगानी र कारोबार प्रभावित हुन सक्ने। ४. सर्वसाधारणले ध्यान दिनुपर्ने कुरा – रकमको वैध स्रोत खुल्ने प्रमाण सुरक्षित राख्ने। -आफ्नै बैंक खाताबाट कारोबार गर्ने। -प्रतिवेदनको सीमा छल्न कारोबारलाई कृत्रिम रूपमा टुक्र्याउने काम नगर्ने। निष्कर्ष: रु. १० लाखको सीमा आफैँमा प्रतिबन्ध होइन। यो लागू नियमअनुसार कारोबारको प्रतिवेदन तथा निगरानीसँग सम्बन्धित हुन सक्छ।गलत तरिकाले कमाएको सम्पत्तीमा निगरानी हुन्छ र हुनैपर्छ; गि र नियमसंगतको कमाई लगानी गर्दा डराउनु पर्ने केही कारण नै छैन।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

देशका ८ प्रमुख सहरमा फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढायौं : मन्त्री लम्साल
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित देशका ८ सहरमा फ्लडलाइट सहितका कम्तीमा ८ हजार दर्शक क्षमता भएका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । ...

सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
अमेरिकाको तल्लो सदनको ‘वेज एण्ड मिन्स कमिटी’का सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। ...

बर्दियामा बुबाको हत्या आरोपमा छोरा पक्राउ
काठमाडौं।बुबाको हत्या आरोपमा बर्दियामा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजापुर नगरपालिका–३ का राजेन्द्र थारु रहेका छन्। ५० वर्षीय बुवा कालुराम थारुको हत्या गरेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। राजेन्द्रले कुटपिट गर्दा कालुराम गम्भीर घाइते भएका थिए। उनको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगञ्ज बाँकेमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय राजापुरबाट ...

एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्, 'मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ ।' ...


