सेती प्रादेशिक अस्पतालमा चिकित्सक तथा कर्मचारीले तोकिएको पारिश्रामिक पाएनन

धनगढी। सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले सरकारले निर्धारण गरेको दरअनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कार्यक्रम करारमा कार्यरत करिब २०० कर्मचारीले पारिश्रमिक तथा सेवा सुविधामा विभेद गरिएको आरोप लगाउँदै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशमा झन्डै तीन महिनादेखिको बजेट शून्यताको अवस्था अन्त्य भएसँगै प्रदेशअन्तर्गतका कर्मचारीले पारिश्रमिक तथा सेवा सुविधा पाउन थालेका छन् । तर, सेती प्रादेशिक अस्पतालमा कार्यक्रम करारमा कार्यरत कर्मचारीले भने सरकारले निर्धारण गरेको दरअनुसारको पारिश्रमिकसमेत नपाएको गुनासो गरेका हुन् । सरकारले पारिश्रमिक वृद्धि गरे पनि आफूहरूले पुरानै दरमा तलब पाएको उनीहरूको भनाइ छ । अन्य कर्मचारीले तलब, दसैँ बोनस तथा वृद्धि भएको महङ्गी भत्तासहितको पारिश्रमिक पाउँदा आफूहरू भने अघिल्लो आर्थिक वर्षकै दरअनुसारको पारिश्रमिक लिन बाध्य भएको एक कर्मचरीले बताए । ´अन्य साथीहरूले तलब, दसैँ बोनस र वृद्धि भएको महङ्गी भत्तासहितको पारिश्रमिक पाउनुभएको छ। हामीलाई भने अघिल्लो आर्थिक वर्षकै दरअनुसारको पारिश्रमिक दिइयो। हामीमाथि विभेद भयो,´ उनले भने। पारिश्रमिकमा भएको विभेदबारे ध्यानाकर्षण गराउन कार्यक्रम करारका कर्मचारीले बिहीबार सामाजिक विकासमन्त्री सन्तोष थापा शर्मा र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेलाई भेटेका थिए। दुवै जनाले यस विषयमा थप बुझ्ने र विभेद हुन नदिने प्रतिबद्धता जनाएको छलफलमा सहभागी एक कर्मचारीले भने । कर्मचारीहरूले केही दिनभित्रै पारिश्रमिक भुक्तानीमा समानता कायम गर्न माग गरेका छन्। माग सम्बोधन नभए अस्पताल प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। सेती प्रादेशिक अस्पतालमा नर्सिङ कर्मचारीदेखि विशेषज्ञ चिकित्सकसम्म करिब २०० जना कार्यक्रम करारका कर्मचारी कार्यरत छन्। उनीहरूले राज्यले तोकेको सेवा सुविधा र वृद्धि भएको पारिश्रमिक आफूहरूले पनि पाउनुपर्ने माग गरेका छन्। यता, अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले कार्यक्रम करारका कर्मचारीहरूले पारिश्रमिकका विषयमा गुनासो गरेको बताउँदै यसबारे छलफल भइरहेको बताए। `हामीले मन्त्रालयबाट कुरा बुझिरहेका छौँ। मन्त्रालयको जवाफ के आउँछ, त्यसपछि थाहा हुन्छ,´उनले भने।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

खसी खोज्न गाउँमै ग्राहक
उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...


