सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० करोड ७५ लाख रुपियाँ हुन्छ। गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सभापोखरी हाइड्रोपावरले संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा पाँच मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भएको थियो। आयोजना ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटारस्थित विद्युत् उपकेन्द्र हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। गरिमा क्यापिटल गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी हो। नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त यस कम्पनीले सेयर तथा धितोपत्र निष्कासन र बिक्री व्यवस्थापन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य सेवा, सामूहिक लगानी कोष व्यवस्थापन, सेयर दर्ता व्यवस्थापन तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्ना सेवाहरू ग्राहकसमक्ष सहज रूपमा पुर्याउन गरिमा विकास बैंकका शाखा कार्यालयमार्फत सहजीकरण गर्दै आएको जनाएको छ। साथै, नवीनतम प्रविधिको प्रयोग गरी आफ्ना सेवाहरूलाई थप परिष्कृत, प्रभावकारी र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ। The post सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...


